नवरात्रको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान चाड अन्तरगत तिथि अनुसार आज नवरात्रको पाँचौँ दिन पञ्चमी हो । देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो । स्कन्दमाताको चार हात रहेको छ । देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरुपको भगवान कुमार र एउटा हात आशिर्वाद मुद्रामा रहेको छ । स्कन्दमाताको वहान सिंह रहेको छ । कमलको