महामन्त्रीद्वयले भने- कोशी घटनाको जिम्मेवारी सभापतिले लिनुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकार गठन घटनाको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् । सोमबार सभापति देउवाले कोशी घटनाबारे छलफल गर्न महामन्त्री थापा र शर्मालाई आफ्नो निवासमा बोलाएका थिए । छलफलपछि महामन्त्रीद्वयले कोशीमा अहिले परिस्थिति देखापर्नुमा सबैभन्दा ठूलो कमजोरी सभापतिबाटै भएको बताए ।कोशीमा कांग्रेसममा विद्रोह गरेका ८ र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । र,