सद्भाव युवा समाज कतारद्वारा ‘टीका ग्रहण’ कार्यक्रम सम्पन्न
दर्शन सुनार/कतार : हिन्दु धर्मावलम्बीको महान चाड बडा दशैको उपलक्ष्यमा सदभाव युवा समाजको आयोजनामा शुभकामना आदान-प्रदान तथा “टीका ग्रहण”कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न गरेको छ । “आपसी सहयोग,सामाजिक सद्भाव र बन्धुत्वको लागि” भन्ने मुल नाराका साथ युवा समाजले स्थापना काल देखि नै बिजयादशमीको मनाउदै आएको र बिगतका बर्षहरुमा यस वर्ष पनि निरन्तरता दिदै दोहा नज्मामा अवस्थित रोयल नेपाली रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदान प्रदान तथा “टीका जमरा ग्रहण