दोस्रो लुम्बिनी प्रदेशस्तरीय जुडो शुरु
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा शुक्रबारदेखी दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता शुरु भएको छ । डुडुवा गाउँपालिकाकाको समन्वयमा शहिद स्मारक माबिको प्रांगणमा कम्दी जुडो डोजो क्लबको आयोजनामा जुडो प्रतियोगिता शुरु भएको हो । प्रतियोगितालाई डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले व्यानर पढेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा अध्यक्ष चौधरीले खेलकुदले सकारात्मक प्रतिस्पर्धाको भावना जागृत गर्ने भन्दै गाउँपालिका सहकार्य गर्न तयार रहेको बताए । खेलकुदमार्फत देशलाई बिश्वमै चिनाएको र