ब्रिटिश र रुसी खोप मिश्रण गरेर परीक्षण गरिने
काठमाडौँ। ब्रिटेन र रुसका वैज्ञानिकहरूले अक्सफोर्ड र स्पुत्निक खोपहरूलाई मिश्रण गर्दा अझ कोरोनाभाइरस प्रतिरोधी क्षमता बढ्छ कि भनेर परीक्षण गर्ने भएका छन्। दुई उस्तै प्रकारका खोपहरू मिश्रण गर्दा अझ राम्रो रोग प्रतिरोधी क्षमता देखिने हुनसक्छ। रुसमा गरिने परीक्षणमा १८ वर्षभन्दा माथिका मानिसहरू सहभागी हुने भनिए पनि कति जना सहभागी हुने भन्ने स्पष्ट छैन। अक्सफोर्डले हालै प्रकाशित गरेको परीक्षणको नतिजामा उसले एस्ट्राजेनेकासँग मिलेर विकास गरिरहेको कोभिड-१९ को खोप मानिसमा सुरक्षित र