समाज

सर्लाहीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्र्याक्टर चालक बसबरिया गाउँपालिका–३ का १९ वर्षीय पुजेरी माझीको मृत्यु भएको हो । खेतमा काम गरेर फर्किने क्रममा बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा आइतबार साँझ ट्याक्र पल्टिएको थियो ।  दुर्घटनाको बेला ट्र्याक्टर धनी बसबरिया गाउँपालिका–३ का अन्दाजी ५० वर्षीय सञ्जीवकुमार यादव पनि ट्याक्टरमै थिए । उनी भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय

नर्स चन्द्रिकाको हत्यापछि प्रेमीले गरे आत्महत्या

मोरङ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारी दासको हत्या उनकै पूर्वप्रेमीले गरेको खुलेको छ । प्रेममा धोका पाएपछि चन्द्रिकाको हत्या गरी प्रेमी शिवशंकर दासले पनि आत्महत्या गरेका छन् । शिवशंकर दास झुन्डिएको अवस्थामा आइतबार राति विराटनगरको एक होटलमा फेला परेका छन् । चन्द्रिकाको हत्या भएको स्थान भन्दा ३ सय मिटरनजिकै फाइन होटलको कोठा नम्बर १०२ मा शिवशंकर दास झुन्डिएको अवस्थामा फेला परेका थिए । नर्स चन्द्रिका विराटनगर–४

सुरु भयो होली पर्व

काठमाडौं । काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै आजदेखि होली पर्व सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु पर्व अर्थात् होली सुरु भएको मानिन्छ । आइतबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याउँदै एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिए । आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर

रास्वपाले गर्यो पाँच निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेको साधारण सदस्यतासमेत खारेज गर्न सकिने निर्णय गरेको छ । आइतबार बसेको रास्वापाका ४ मन्त्री तथा उपसभापति डा.स्वर्णिम वाग्ले, महामन्त्री डा.मुकुल ढकाल र सासंद शिशिर खनालबीचको बैठकले विभिन्न पाँच वटा विषयमा गरेको निर्णय गरेको छ । जसमा अनुचित काम गर्नेको सदस्यता समेत खारेज गर्न सकिने उल्लेख छ । रास्वपाका महामन्त्री ढकालका अनुसार अब प्रत्येक आइतबार रास्वका चारमन्त्री र तीन

दुई एआइजीको सरूवा, सीआईबी प्रमुखमा ज्ञवाली

काठमाडौं । मन्त्रिपरिषदको शुक्रबारको बैठकले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरूवा गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता रेखा शर्माले दिएको जानकारीअनुसार एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सरूवा गरिएको छ । साथै सिआइबी प्रमुख रहेका एआइजी किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्यविभागमा सरूवा गर्ने निर्णय भएको उनले जानकारी दिए । सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि बज्राचार्यलाई केन्द्रीय अनुसन्धान

रौतहटमा बैंक कर्मचारीमाथि गोली प्रहार,५२ लाख लुटपाट

रौतहट : रौतहटमा ग्लोबल आईएमई बैंकमा लुटपाटको घटना भएको छ । सीमासँग जोडिएको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो ।  शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरूले बैंकका कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् ।  सो क्रममा बैंकका कर्मचारी नितेश साहलाई बैंकबाट बाहिर निकालेर अभियुक्तहरुले गोली प्रहार गरेका छन् । गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ

विमानस्थल भन्सारका तत्कालीन प्रमुखसहित ३ जनालाई कारबाही गर्न सिफारिस

काठमाडौँ । सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक सहित ३ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । ६० किलो सुन र भेप प्रकरणबारे जाँचबुझ गर्न गठित आयोगले उनीहरूलाई कारबाही गर्न सिफारिस गरेको हो । डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन भन्सार प्रशासक अरुण पौडेल, उपसचिव श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई कारबाही गर्न भनेको छ । उपसचिव श्रीधर टण्डन

एआइजी किरण बज्राचार्यलाई सरुवा गर्ने तयारी

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई सरुवा गर्न तयारी थालिएको छ । बज्राचार्यलाई सरुवा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजान छलफल भइरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

सुन तस्करी प्रकरण: एआईजी,एसपी र डीएसपीमाथि कारबाही सिफारिस

काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुखसहित नेपाल प्रहरीका ४ अधिघकृतलाई कारबाही गर्न सिफारिस गरेको छ । सुन तस्करीको छानबिनका क्रममा मुद्दा चलाउनुपर्ने व्यक्तिलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्य, योसँगै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई विभागीय कारबाहीको सिफारिस गरेको हो । उनीहरुले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको

रुसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको हो ।  मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘रुसी सेनामा भर्ना भएका