कारको ठक्करबाट कुवेतमा तीन नेपालीको मृत्यु
काठमाडौं । कुवेतमा सडक दुर्घटनामा परी तीनजना नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइडमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीनजनाको ज्यान गएको हो । दुर्घटनामा तीनजना नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दुतावासले पुष्टी गरेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक–५ आछामका सुरतबहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून–२ काठमाडौंका सुजन कार्की र वेंगादवार–३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन् । मृतकहरु एउटै कम्पनीमा कार्यरत