तातोपानी नाकाबाट ३० मेट्रिक टन लिक्विड अक्सिजन भित्रियो
काठमाडौं । कोभिड–१९ संक्रमित बढ्दै गएपछि अक्सिजनको अभाव खेपिरहेको नेपाललाई चीनको तिब्बत सरकारले लिक्विड अक्सिजन सहयोग गरेको छ । ल्हासास्थित महावाणिज्य दूतावासले पठाएको ३० मेट्रिक टन लिक्विड अक्सिजन आइतवार मध्याह्न तातोपानी भन्सार कार्यालय भित्रिएको हो । ‘हामीकहाँ ३० मेट्रिक टन बराबरको १५० सिलिन्डर लिक्विड अक्सिजन आइपुगेको छ,’ तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले भने, ‘उक्त परिमाणको लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका ६ हजार सिलिण्डर भर्न सकिने देखिएको