सरकारलाई दिएको समर्थन तीन दिन भित्र फिर्ता लिन्छौ : प्रवक्ता श्रेष्ठ
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रले नयाँ सरकार गठन प्रक्रियालाई सहज बनाउनका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको हो । इमेज टेलिभिजनको कार्यक्रम हटसिटमा बोल्दै माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई हाल कुनै पनि समर्थन नदिएको र व्याहवारिक रूपमा दिइएको समर्थन पनि तीन दिन भित्र फिर्ता लिने तयारी अघि बढाएको बताए । यस्तै, उनले नयाँ सरकारको विषयमा जनता समाजवादी पार्टीको आधिकारिक