सप्तरीमा एक किशोरीमाथि सामुहिक बलात्कार, अर्की किशोरीमाथि बलात्कारको प्रयास
सप्तरी । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ। अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ। गएको शनिबार राति शौच गर्न गएको बेला १८ वर्षीया दलित किशोरीमाथि सामुहिक बलात्कार भएको हो। घटनामा संलग्न भएको आरोपमा स्थानीय सुनिलकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहका अनुसार दुई किशोरी शनिबार राति ८ बजे घरनजिकैको बाँसघारीमा शौच गर्न गएको बेला घटना भएको हो।