समाज

डोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । ट्याक्टरमा सवार रुकुम पुर्वको सिस्ने गाउँपालिका–४ का २५ वर्षीय शेरबहादुर केसीको घटनास्थलमै मृत्यु भएको हो । घाइते २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जुफालबाट बिजुलीको पोल लिएर रोलाघाट जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो ।

कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाई भदौ १ गते

काठमाडौँ । सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाइ सकिएपछि आगामी भदौ १ गते निर्णय सुनाउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासमा आज सुनुवाइ सकिएपछि पेसी सुनाउने मिति तय गर्ने निर्णय गरेको हो । उक्त विवादमा गत शुक्रबारदेखि सुनुवाइ निरन्तर गर्दै आज सकिएको हो । सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले दायर गरेको ९९ थान निवेदनमाथि

चार प्रदेशमा चट्याङसहित बर्षाको सम्भावना

काठमाडौं । आज देशभर मनसुनमा सामान्य देखि पूर्ण बदली रहेको छ । आज बिहान बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै राती बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी

पहिरोले घर बगाउँदा म्याग्दीमा २ जनाको मत्यु

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा २ जनाको मत्यु भएको छ । ३ जना बेपत्ता भएका छन् । स्थानीय घामबहादुर र गोठे बिकको घर पहिरोले पुरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लले जानकारी दिए । गोठे बिकका छोरा राजन र नविनको पहिरोमा परी मृत्यु भएको छ । उनीहरूको शव घरभन्दा केही तल भेटिएको घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर बिकले जानकारी दिए । गोठे र

आज नागपञ्चमी नागको पुजा गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बि टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।   नाग पूजाको प्रचलन वैदिक कालदेखि नै

मुग्लिन नारायणगढ सडकखण्डमा पहिरो खस्दा राजमार्ग अवरुद्ध

चितवन । मुग्लिन नारायणगढ सडकखण्डको चार स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । भरतपुर–२९ केराबारी, ईच्छाकामना–६ र सत्रकिलोमा पहिरो गएको हो । वर्षा नरोकिएका पहिरो पन्छाउन कठिन भएको चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । बाटो अवरुद्ध भएपछि काठमाडौं, पोखरा जाने आउने सवै यातायात रोकिएका छन् ।

प्रहरी र गुप्तचरको उच्च पदमा दरबन्दीको खेल

काठमाडौं । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च पदमा हचुवाको भरमा दरबन्दी थप्ने चलखेल सूरु भएको छ । भागबन्डा मिलाउन र आफ्ना मान्छेलाई बढुवा गर्न दरबन्दी थप्न लागिएको हो । गुप्तचरमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको एक पद थप्न लागिएको छ । कसलाई बढुवा गर्ने भन्ने विवादमा विभागमा यस्तो पद रिक्त रहदै आएको छ । सत्तारुढ दलहरु कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डा मिलाउन दरबन्दी थप्न लागिएको हो ।

वीरगञ्जबाट ९० लाख रुपैयाँ बरावरको मालसामान वरामद

पर्सा । पर्साको वीरगञ्जबाट ९० लाख रुपैयाँ बरावरको विभिन्न मालसामान बोकेको एउटा ट्रकलाई सशस्त्र प्रहरीको टोलीले कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।   बिल बिजकभन्दा फरक भएको विद्युतीय सामान, औषधिलगायतका सामान बोेकेको ना ६ ख ९९०५ नम्बरको ट्रकलाई कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।   विषेश सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट नियन्त्रणमा लिएर

समाजवादी केन्द्र बन्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी केन्द्रको निर्माण विषयमा कुनै छलफल नभएको बताएका छन् । शुक्रबार प्रेस सेन्टर नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केही व्यक्तिहरुले समाजवादी केन्द्र बनाउने विषयमा छलफल गरेतापनि माओवादी केन्द्रले त्यस विषयमा छलफल नगरेको जानकारी दिए ।   अहिलेको अवस्थामा वर्तमान गठबन्धनसँगै रहेर आगामी निर्वाचनमा जाने र अहिले गठबन्धनको विकल्प नरहेको उनले बताए । उनले भने, प्रचण्डले भने, ‘यो गठबन्धन

डोटीमा भाइरल ज्वरोका बिरामी बढे

डोटी । जिल्ला अस्पताल डोटीमा हिजोआज भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । यहाँका अस्पताल तथा निजी मेडिकलमा भाइरल ज्वरोका बिरामी बढेसँगै उपचार गर्नमा निकै समस्या उत्पन्न भएको स्वास्थ्यकर्मी बताउँछन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच/सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या एकाएक बढेको हो । उपचार गराउन आएका बिरामीमध्ये ६०-७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उनले बताए । ‘जिल्ला अस्पतालमा