खेलकुद

मंसिर ६ मा हुने धारा नेपालगन्ज म्याराथनमा अफरै अफर

नेपालगंज : मंसिर ६ गते शनिवार हुने धारा नेपालगन्ज म्याराथनको ११औं संस्करणका लागि आइतवारदेखि दर्ता खुल्ला गरिएको छ । असोज मसान्तसम्मका लागि अर्लीबर्ड दर्ता अन्तर्गत हरेक दर्ता शुल्कमा २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।  यसबर्ष म्याराथन ४२.१९५ किमी पुरुष खुल्ला, हामफ म्याराथन २१.०९७ किमी पुरुष तथा महिला खुल्ला, १० किमी पुरुष तथा महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा (बाँके जिल्लास्तरीय), ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा

धारा नेपालगन्ज म्याराथनका सहयात्री यति एयर

नेपालगन्ज : विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य हुने भएको छ । यही मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो ।यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका प्रोगाम म्यानेजर कपिल थापाले सम्झौतापत्र आदानप्रदान गरे । यो सम्झौतासँगै यति एयरलाइन्स धारा नेपालगन्ज म्याराथनको

अर्को मिति घोषणा नभएसम्मका लागि नाइट रन स्थगित

नेपालगन्ज : यही असोज ३ गते हुने तय गरिएको नेपालगन्ज १० नाइट रन स्थगित गरिएको छ । देशको बिषम परस्थितिका कारण अर्को सुचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको हो । नाइट रन आयोजक समितिको भर्चुअल बैठकले हाललाई नाइट रन स्थगित गर्ने निर्णय गरेको हो । विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को पुर्णकालीन सदस्यता लिएपछि आधिकारिक रुपमा नाइट रनको दोस्रो संस्करण गर्न लागिएको थियो

नेपालगन्जले अन्तर्राष्ट्रिय सम्बन्ध बढाउँदै

नेपालगन्ज : नेपालगन्ज १० नाइट रनको तयारी तीब चरणमा पुगेको छ । नेपालगन्ज १० नाइट रन विजेताले थाइल्याण्डको बाङ्सेनमा हुने विश्वस्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउने भएका छन् । समुद्री किनारामा अवस्थित पर्यटकीय सहर बाङ्सेनमा बर्षमा तीनवटा विश्वस्तरीय रनिङ इभेन्ट आयोजना हुने गर्दछन् । बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम लेभलको इभेन्ट हो भने बाङ्सेन ४२ र बाङ्सेन १० इलाइट लेभल इभेन्ट हुन् ।  नेपालगन्ज १० नाइट रनको मातृ इभेन्ट धारा नेपालगन्ज म्याराथनका

एम्स दुतमा ठकुरीको नियुक्तिसँगै नेपालमा सदस्य बढ्दै

काठमाण्डौं । तेन्जिङ हिलारी एभरेष्ट म्याराथनले एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को सदस्यता प्राप्त गरेको छ । एभरेष्ट म्याराथन विश्व रनिङको साझा संस्था एम्समा नेपालबाट आवद्ध हुने  पाँचौं सदस्य बन्न सफल भएको छ । यसअघि नेपालगन्ज म्याराथन, पोखरा इन्टरनेसनल म्याराथन, काठमाडौं म्याराथन र नेपालगन्ज १० नाइट रन एम्सको सदस्यता लिएका थिए । एभरेष्ट म्याराथनले एम्सको सदस्यता लिएकोमा एम्स दुत टीएस ठकुरीले खुशी व्यक्त गरे । ‘नेपालमा एम्सको सदस्य संख्या वृद्धि

नेपालगन्ज नाइट रन एम्समा आवद्ध 

नेपालगन्ज : नेपालमा हुने एकमात्र रात्री दौड नेपालगन्ज १०के नाइट रन वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)मा विधिवत आवद्ध भएको छ । संविधान दिवसका अवसरमा हरेक वर्ष असोज ३ गते राति नेपालगन्जस्थित सुर्खेतरोडमा हुने १० किलोमिटर दौड गत बर्षदेखि सुरु भएको हो । यो आवद्धतासँगै एम्सबाट प्रमाणित दुईवटा इभेन्ट हुने नेपालगन्ज नेपालमै पहिलो सहर बनेको छ । यसअघि धारा नेपालगन्ज म्याराथन नेपालकै पहिलो पुर्णकालीन सदस्य

राष्ट्रपतिसँग एम्स अध्यक्ष पाकोको भेट, नेपालमा बोर्ड बैठक राखेकोमा दिए धन्यवाद

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स)का अध्यक्ष पाको बोराओलाई एम्सको बोर्ड बैठक नेपालमा राखेकोमा धन्यवाद दिएका छन् ।  राष्ट्रपति पौडेलले नेपाल खेलकुद् र पर्यटनको उर्वर भूमि रहेको बताएका छन् । नेपालमा सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि समथल स्थलमा नेपालगञ्ज म्याराथनजस्ता लामो दूरीका दौडहरू सफलतापूर्वक भइरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले एम्स प्रतिनिधिसँग प्रोत्साहनका लागि आग्रह गरेका छन् ।

धारा नेपालगन्ज म्याराथनको टिम थाइल्यान्ड प्रस्थान

काठमाडौं : धारा नेपालगन्ज म्याराथनको चार सदस्यीय पदाधिकारी टोली बिहीबार थाइल्यान्ड प्रस्थान गरेको छ । थाइल्यान्डको राजधानी बैंकक नजिकैको ठूलो सहर ब्याङ्सेनमा शुक्रबार हुने एशिया रोड रेस फोरममा भाग लिन अध्यक्ष टीएस ठकुरी, सदस्य जनक नेपाल, कपिल थापा र कुमार शमशेर थापा बिहीबार बैंकक तर्फ प्रस्थान गरेका हुन् । सुर्खेतनिवासी कुमार थापा धारा नेपालगन्ज म्याराथनकै भगिनी इभेन्ट ज्ञान कर्णाली हाफ म्याराथनका सदस्यसचिव हुन् ।  एशियाको प्रतिष्ठित ब्याङ्सेन 10 किमि राेड

एम्स प्रेसिडेन्ट पाको जेठ तेस्रो साता नेपालगन्ज आउने 

नेपालगन्ज : म्याराथन तथा रोडरेसको विश्वव्यापी सञ्जाल एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)का अध्यक्ष पाको बोराओले नेपालगन्ज भ्रमण तालिका तय गरेका छन् । स्पेन निवासी पाको विश्वप्रसिद्ध भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् । एम्समा एक सय बीस देशका चार सय पचास बढी म्याराथन आबद्ध छन् । एम्सको बोर्ड बैठक र नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्सका क्रममा यही जेठ १९ गते काठमाडौं उत्रन लागेका अध्यक्ष पाकोले नेपालगन्ज भ्रमण गर्ने तालिका  सुनिश्चित भएको

टी-२० आई सिरिजमा आज नेपाल र हङकङ भिड्दै 

काठमाडौं : हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तरगत नेपाल आज घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दै छ । जारी प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  यो खेल हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा नेपालको समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई ६