राजनीति

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सो दलका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (शुक्रबार) विहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो पार्टीको संसदीय दलको नेता समेत रहेका श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । नाउपाका प्रमुख सचेतक गंगाराम चौधरीका अनुसार सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३

निर्वाचन आयोगले भन्यो– उपराष्ट्रपति महिला हुनुपर्छ

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति महिला हुनुपर्ने बताएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक जना महिला हुनुपर्ने जनाएको हो । हेर्नुस् बिज्ञप्ती

प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको आजका लागि पेसी तोकिएको हो । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । ०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा भएका पाँच हजारजनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए । उक्त अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा

स्ववियु निर्वाचनमा आज मनोनयन पत्र वितरण

काठमाडौं । स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज (शुक्रवार) उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार बिहान ११ बजे देखी २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो । भोलि (शनिवार) प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फको उम्मेदवारी

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।  बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।  पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याए। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको छ। एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याए। जसमध्ये संघमा ७ हजार ७ सय ४२ र प्रदेशमा ७ हजार ७

राष्ट्रपति निर्वाचनको मतगणना सुरु, आजै परिणाम आउने

काठमाण्डौं । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार भएको मतदानको गणना सुरु गरिएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अन्नपूर्ण हलमा मतगणना भइरहेको छ । संघीय संसद्कै ल्होत्से हलमा मतदान सम्पन्न भएको थियो । प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यतर्फको मतगणना छुट्टाछुट्टै स्थानमा भइरहेको छ । उनीहरूको मतदान पनि छुट्टाछुट्टै स्थानमा गरिएको थियो । आज मतगणना सार्वजनिक गरिनेछ । विजयी उमेदवार आज प्रमाणपत्र प्रदान गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

राष्ट्रपति निर्वाचनको परिणाम साँझ ७ बजे भित्रै सार्वजनिक हुने

काठमाडौं । नंया राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ ।निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज (बिहिवार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ । संघीय सांसद अन्तर्गतका मतदाता र प्रदेश संसद् अन्तर्गतका मतदाताका अलग अलग मतगणना गरिने र एकमुस्ट रूपमा मत परिणाम घोषणा गरिने गरी तयारीका साथ काम

राप्रपाले राष्ट्रपति उम्मेदवारलाई भोट नहाल्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ । बिहीबार राष्ट्रपति चयनका हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने राप्रपाले निर्णय गरेको हो । बुधबार बसेको राप्रपाको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘राप्रपाले राष्ट्रपति निर्वाचनमा कुनैपनि उम्मेदवारलाई भोट नहाल्ने र निर्वाचन प्रक्रियामै सहभागी नहुने निर्णय

ल्होत्से हलमा राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र निर्माण

काठमाडौं । फागुन २५ गते हुने नयाँ राष्ट्रपतिको निर्वाचनका लागि संसद् भवनमा मतदान केन्द्र निर्माण गरिएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिए । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र

राप्रपा र रास्वपालगायत ५ दलले राष्ट्रपतिमा कित्ता क्लियर गर्न नपाउने

राष्ट्रपति निर्वाचनकाे आचारसंहिता सोमबार रातिदेखि लागू भएपछि पाँच दलले उम्मेदवारबारे कित्ता क्लियर गर्न नपाउने भएका छन् । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ कसलाई भोट हाल्ने भनेर उनीहरुले औपचारिक निर्णय गर्न नपाउने भएका हुन् । राष्ट्रपतिका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई १० दलको समर्थन छ । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेसपा र आम जनता पार्टी गरी १० दल संस्थागत रूपमा पौडेलको पक्षमा