‘जसपा’ ठाकुरको हस्ताक्षर अभियानमा महतो समुहको अवरोध
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउनका लागि सुरु गरेको हस्ताक्षर अभियानमा महन्थ ठाकुर पक्षकै नेताहरुमा अन्तरविरोध देखिएपछि ठाकुरको अभियानमा ‘ब्रेक’ लागेको छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा सघाउनुपर्ने अध्यक्ष ठाकुरको अभियानमा साथ दिइरहेका जसपाका वरिष्ठ नेता राजेन्द्र महतोका साथै कार्यकारिणी सदस्यहरु शरतसिंह भण्डारी र निर्जला राउतले हस्ताक्षर गरेका छैनन् । जसपाका अध्यक्ष ठाकुरले त्यो हस्ताक्षरलाई दुरुपयोग गर्ने सम्भावना नेता महतोले