लुम्बिनी प्रदेशमा मन्त्री बनेका चार सांसद निलम्बन


  • लुम्बिनी प्रदेशमा मन्त्री बनेका चार सांसद निलम्बन

    वुटवल । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने चार सांसदलाई निलम्बन गरेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग २४ घण्टे स्पष्टीकरण माग गर्दै निलम्बन गरेको हो । उनले सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि विज्ञप्तिमा भनेका छन् । सोमबार लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वास प्रस्ताव दर्ता गरेको केहीबेरमा जसपाका चार जना नेता मन्त्री नियुक्त भएका थिए । मन्त्री नियुक्त भएको विषयमा जसपा अध्यक्ष उपेन्द्र यादव समेत अनविज्ञ थिए । दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *