आर्मीलाई हराउदै एआरए सेमिफाइनलमा प्रवेश


  • आर्मीलाई हराउदै एआरए सेमिफाइनलमा प्रवेश

    बारा । अफ्रिकन रुट्स एसोसियन (एआरए) विश्वकर्मा ११औं जीतपुरसिमरा गोल्डकपमा सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आईतबार साँझ भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले स्तब्ध पार्दै पाहुना टोली एआरएले अन्तिम चारको यात्रा तय गरेको हो ।
    एआरएको जितमा नजिमिले दुई गोल गरे । आर्मीका लागि जर्ज प्रिन्स कार्कीले गोल फर्काए । खेलमा आर्मीविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा एआरएले जितका लागि अतिरिक्त समयसम्म संघर्ष गर्नुप¥यो । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले । वीरगन्ज युनाईटेड क्लबलाई ४–१ ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको आर्मीले एआरएविरुद्ध आकर्षक खेल प्रदर्शन गर्न सकेन् । सुरुवातदेखी नै दबाबमा देखिएको आर्मीले गोलको खासै अवसर सिर्जना गर्न सकेन् । भर्खरै सम्पन्न आहा रारा गोल्डकपको फाईलनसम्को यात्रा तय गर्दै उपविजेता बनेको एआरएले खेल पहिलो हाफमा थुप्रै अवसर बनाएपनि गोलका लागि भने दोस्रो हाफसम्म प्रतिक्षा गर्नुप¥यो । खेलको ६१औं मिनेटमा नजिमिले पेनाल्टी बक्समा पाएको बललाई जाली चुमाए । आर्मीको रक्षापंक्तीलाई बिट गर्दै नजिमिले गोल गरेपछि आर्मीको समर्थनका लागि रंगशाला पुगेका घरेलु दर्शक निराश बन्न पुगे । एआरएको गोलपछि दबाबमा परेको आर्मीले दोस्रो हाफमा केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । आर्मीको फिनिसिङ पक्ष कमजोर बन्दा एआरए खेलमा बलियो देखियो । हार नजिक पुगेको आर्मीले खेलको ८९औं मिनेटमा पेनाल्टी प्राप्त गर्यो । एआरएका ए फेब्रिकले पेनाल्टी बक्समा बल ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा आर्मीका लागि जर्ज प्रिन्सले गोल गरे । उनले सहजै पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को स्थितीमा पु¥याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप ३० मिनेटको समयमा एनआरएलेसुरुवातमै आर्मीविरुद्ध अग्रता लियो । थप समयको पाँचौ मिनेटमा नजिमिले दोस्रो गोल गरे । स्मेलको कर्नर बललाई हेड गर्दै नजिमिले गोल गर्दा आर्मी निराश बन्न पुग्यो । थप समयमा अन्तिम समयमा आक्रामक देखिएपनि गोल फर्काउन नसक्दा साविक उपविजेता आर्मी हार आत्मसाथ गर्दै घर फर्कन बाध्य भयो । म्यान अफ द म्याच घोषित २ गोल गरेका नजिमिले ५ हजार रुपैयाँ हात पारे । प्रतियोगिता अन्तर्गत सोमबार विराट गोल्डकपको विजेता नेपाल एपिएफ क्लब र बाग्मती ११ सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ । हाम्रो खेलकुद

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *