प्रधानमन्त्री ओली र विप्लवविच बालुवाटारमा भेटवार्ता


  • प्रधानमन्त्री ओली र विप्लवविच बालुवाटारमा भेटवार्ता

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार बालुवाटारमा भएको भेटमा तीन बुँदे सहमतिको कार्यान्वयन, नेता कार्यकर्ताको रिहाइ र पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल भएको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी  दिए । विप्लव समूह र सरकारबीच २० फागुनमा पार्टीमाथिकाे प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो । सोही सहमति कार्यान्वयनका लागि विप्लवले ओलीसँग भेटवार्ता गर्दै आएका छन् । बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *