विशेष समाचार

प्रहरीका १८ एसपीको एसएसपीमा बढुवा नियुक्ति

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको आइतबारको निर्णयअनुसार नेपाल प्रहरीका १८ एसपीको एसएसपीमा बढुवा भएको छ । बढुवा हुनेहरूमा विश्व अधिकारी, भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपशमशेर जबरा, बेल बहादुर पाण्डे, दिनेशप्रसाद मैनाली, गोपालचन्द्र भट्टराई, प्रबिण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जनको बढुवा भएको हो ।उनीहरुलाई आज (सोमबार) आइजिपी बसन्तबहादुर कुँवरले फुली लगाइदिने

संघीय संसदको बजेट अधिवेसन आजबाट

काठमाडौं । आजबाट बजेट अधिवेसन सुरु हुने भएको छ । जसअनुसार संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक आज (आइतबार) देखी सुरु हुदैँछ । पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आजका लागि आब्हान गरेका हुन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालय, बानेश्वरमा बस्ने महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०/८१ को

मुगु हिमपहिरोमा परेका तीन जनाको मृत्यु

मुगु । मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए। यार्सा सङ्कलनका लागि  पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उनले बताए। अन्य सामान्य घाइते भएका छन्। दुई जना सकुशल रहेको खबर प्राप्त भएको छ । प्रहरीको

आज ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’

काठमाडौं । आज ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो । ‘पत्रकारितामा खोज र नवीनता : लोकतान्त्रिक गणतन्त्रको

माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

मङ्गलबार । इलाममा माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो । स्थानीय विनोद श्रेष्ठको घडेरी खन्ने क्रममा ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार सूर्योदय नगरपालिका १० फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको

रास्वपाले समर्थन फिर्ता लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ । साथै, सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने रास्वपाले निर्णय गरेको छ । आज(शुक्रबार) बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा ल्याउन पहल गरिरहेका बेला रास्वपाले सरकारमा नजाने निर्णय गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यसअघि रास्वपा उपप्रधान तथा गृह, शिक्षा र

हेलिकोप्टर दुर्घटनाका घाइतेहरूलाई काठमाडौं ल्याइदै

काठमाडौं । संखुवासभामा आज(शुक्रबार) सिम्रिक एयरको एउटा हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइदै छ ।  क्याप्टेन सुरेन्द्र पौडेललाई सिम्रिकको हेलिकोप्टरबाट र अर्का घाइते भविन्द्र गुरुङलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको कोसी प्रदेशका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।  दुर्घटनामा घाइते क्याप्टेन गुरुङको टाउकोमा गम्भीर चोट लागेको उनले जानकारी दिए । उनका अनुसार हेलिकोप्टरमा क्याप्टेनसहित चारजना सवार थिए । 

चौतारा साँगाचोकगढी नगरपालिकामा निःशूल्क स्वास्थ्य शिविर

काठमाडौँ ।महेन्द्र भवन भूतपूर्व विद्यार्थी संघ नेपाल (अम्बान)ले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसंगको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिकामा निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अम्बानले यही वैशाख १ र १६ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीमा २ दिने शिविर सञ्चालन गरेको हो । निःशूल्क शिविरमा सिन्धुपाल्चोकका ६०० जनाको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्दका बरिष्ट डा. रबि मल्ल तथा वहाँका समूहका डाक्टर तथा

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमबार प्रदेशसभा अधिवेशन आह्वान गरेका थिए । यही वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७,

नवनियुक्त मन्त्रीहरुको शपथ आज

काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीलाई आज (बिहिवार) शपथ गराइने भएको छ । बुधबार नेपाली कांग्रेसबाट नियुक्त तीन जना मन्त्रीहरुको आज (बिहीबार) दिउँसो ३ बजे शपथ गराइने भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीका अनुसार बिहीबार ३ बजे शीतलनिवासमा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार कांग्रेसका धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र