प्रल्हाद र अजयबाबुलाई पाँच लाख राशिको ‘बसु रोटरी इण्टरनेशनल अवार्ड’ प्रदान
काठमाडौं । पत्रकारिताका माध्यमबाट सुशासन प्रवद्धनमा उल्लेखनीय योगदान गरेवापत पत्रकारद्वय प्रल्हाद रिजाल र अजयबाबु शिवाकोटीलाई पाँच लाख राशिको ‘बसु रोटरी इण्टरनेशनल अवार्ड’ प्रदान गरिएको छ । रोटरी इण्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले पेशाप्रति इमान्दार भई सुशासन प्रवद्र्धनमा टेवा पुग्ने गरी खोज, अनुसन्धानमूलक लेख रचना प्रकाशन गर्ने दुई पत्रकारलाई हरेक दुई वर्षमा पाँच–पाँच लाख र सम्मानपत्रसहितको उक्त पुरस्कार स्थापना गरेको हो । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा रोटरी इण्टरनेशनलका निर्वाचित अध्यक्ष शेखर मेहताले