विशेष समाचार

संविधान दिवसमा विभूषण प्रदान नगर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यसपटक प्रदान नगर्ने भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यो वर्ष विभूषण प्रदान नगर्ने निर्णय गरेको हो । विभूषण वितरणलाई मर्यादित एवं व्यवस्थित गरी विभूषणको गरिमा बढाइ राष्ट्रको सम्मानका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु,३ वर्षीया बालिकाको अवस्था गम्भीर

काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार सर्लाहीको बागमती नगरपालिका–५ पस्थत गाजलीचोकमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा गणेश कार्कीको मृत्यु भएको हो । दुर्घटनामा ३ वर्षीया एक बालिकासहित तीनजना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कार्की एमालेको बागमती नगर कमिटीका सचिवालय सदस्य हुन् । त्यस्तै मोटरसाइकलमा सवार ३२ वर्षीय मुकेशकुमार

नेकपा एसका केन्द्रीय सदस्य गुरुङले त्यागे पार्टी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । लुम्बिनी प्रदेश सचिव समेत रहेका उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफुले पार्टी परित्या गरेको घोषणा गरेका हुन् ।  उनले फेसबुकमा लेखेका छन्, ‘आजबाट स्वतन्त्र वामपन्थी । आहा ! क्या टाउको हलुङ्गो ।’ गुरुङ एमाले विभाजित भएपछि एकीकृत समाजवादीमा आवद्ध भएका थिए ।

राजकीय सम्मानका साथ आज सुवास नेम्वाङको अन्त्येष्टि गरिँदै

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ ।  नम्वाङको निधनमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ । श्रद्धाञ्जलीका लागि मंगलबारदेखि एमाले पार्टी कार्यालयमा राखिएको उनको पार्थिव शरीर दुबै छोरा नेपाल आएपछि हिजो दिउँसो निजी निवास बालुवाटार लगिएको थियो । नेम्वाङको सोमबार राति हृदयतघातबाट निधन भएको थियो ।

पहिलोपटक नेपालमा पाठेघर क्यान्सरविरुद्धको खोप लगाउन सुरु

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप दिन सुरु गरेको छ । आज स्वास्थ्यमन्त्री मोहन बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट खोपको औपचारिक उद्घाटन गरेका हुन् । नेपालमा पहिलोपटक डेमोस्ट्रेसनका रुपमा १४ पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई यो खोप दिन सुरु गरिएको हो ।सुरु भएको खोप कार्यक्रम सातै प्रदेशका प्रदेश स्तरीय अस्पतालबाट दिइनेछ ।  पहिलो चरणमा नौ हजार ५ सय किशोरीलाई खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको

घर तोडफोड प्रकरणमा धरान उपमेयरका भाइसहित ८ जना पक्राउ

काठमाडौं । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाको घर तोडफोड र आक्रमणमा संलग्न ८ जना पक्राउ परेका छन् । मंगलबार धरानमा भएको ग्याङ फाईटको अनुसन्धानका लागि उपमेयर अइन्द्रका भाई विष्णुसहित ८ जनालाई नियन्त्रणमा लिएको धरानका डीएसपी नवराज मल्लले बताए । पक्राउ पर्नेहरुमा विष्णुसहित उनको समूहका बाघवीर भन्ने सुरज तामाङ, मेनल तामाङलाई रहेका छन् । त्यस्तै सन्देशका ग्याङका अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई, सञ्जीव राईलाई पक्राउ गरिएको प्रहरीले

भ्रष्टचारको आरोपमा  बाइडेनलाई महाअभियोग लगाउने तयारी

अमेरिकी राष्ट्रपति जो बाइडेन पनि भ्रष्टचारको आरोपमा परेका छन् । यसअघि पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि भ्रष्टाचार गरेको आरोपमा महाअभियोग लगाइएको छ । अमेरिकी संसदका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु गर्न अनुमोदन गरेका छन् । विदेशी सञ्चारमाध्यमका अनुसार म्याकार्थीले बाइडेन परिवारको व्यापारिक कारोबारबारे छानबिन सुरु गर्न निर्देशन दिएका हुन् । म्याककार्थीले मंगलबार अमेरिकाको क्यापिटल हिलमा भने, ‘म आज राष्ट्रपति बाइडेन विरुद्ध औपचारिक महाभियोग अनुसन्धान सुरु गर्न हाउस

निमित्त प्रहरी प्रमुखको जिम्मेवारी एआईजी थापालाई

काठमाडौं । नेपाल प्रहरीको निमित्त प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाले पाएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर सोमबार राति कोरिया प्रस्थान गरेपछि थापाले निमित्त प्रमुखको जिम्मेवारी पाएका  हुन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख रहेका थापालाई आईजीपी कुँवरले निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन् ।

भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुईको मृत्यु,तीनजना घाइते

रुकुम । भारतको हिमाचल प्रदेशमा दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो । तीनजना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीयवासी दलजित विकले जानकारी दिए । घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन् । कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको

टीकापुरमा स्कुल बस दुर्घटना हुँदा १५ विद्यार्थी घाइते

टीकापुर । टीकापुर नगरपालिका वडा नं. १ स्थित त्रिपथ विद्या निकेतनको स्कुल बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । विद्यार्थी पुर्‍याउन गएको स्कुल बस जानकी गाउँपालिका वडा नं. ९ कुन्तीस्थित रानी कुलाको नहरमा खसेको थियो । घटनाका प्रत्यक्षदर्शीका अनुसार ना५ख ४५६४ नम्बरको उक्त बस नहरमा खस्दा १५ जना विद्यार्थी घाइते भएका छन् । घाइतेलाई टीकापुरतर्फ ल्याइएको घटनास्थलबाट प्रत्यक्षदर्शी विष्णु भाटले जानकारी दिए । स्कुल बस नहरमा खसेको बताउँदै