विशेष समाचार

रसुवामा दुई किलो सुनसहित दुईजना पक्राउ

रसुवा । रसुवाको स्याफ्रुबेसीबाट प्रहरीले दुई किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का सुदिप शेर्पा र भोटेकोशी–१ घर भएका खुर्साङ्बु शेर्पा रहेको प्रहरीले जनाएको छ । आइतबार मोटरसाइकलबाट कठमाडौंतर्फ आउँदै गरेका शेर्पाले चेस्टगार्डमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको रसुवा प्ररहीका डीएसपी सुवास बुढाथोकीले बताए । उनका अनुसार स्याफ्रुबेसी चेकपोष्टमा चेकजाँच गर्नेक्रममा सुन भेटिएको हो । शेर्पाले सुन आफुलाई खुर्साङ्बुले दिएको बताएका थिए ।

स्तरोन्नति गर्न जुफाल विमानस्थल एक महिना बन्द गर्न सिफारिस

काठमाडौं । डोल्पास्थित जुफाल विमानस्थल एक महिना बन्द गर्न सिफारिस गरिएको छ । शनिबार जिल्लास्थित सरोकारवाला पक्षले विमानस्थलको स्थलगत अनुगमन गरेपछि नागरिक उड्डयन प्राधिकरण काठमाडौंलाई यस्तो सिफारिस गरेको हो । विमानस्थलको धावनमार्ग असुरक्षित भएको गुनासो पाइलटबाट बारम्बार आएपछि स्तरोन्नति गर्न विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख अमित चौरासियाले जानकारी दिए । विमानस्थल स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएर निर्माण कम्पनीले जिम्मा पाइसकेकाले १० भदौदेखि १० असोजसम्म बन्द गर्न

फेसबुकमा भावुक स्टाटस लेखेर गुल्मीमा वडाध्यक्षले गरे आत्महत्या

रुपन्देही । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । उनी आज (शनिवार) बिहान घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पारिवारिक श्रोतका अनुसार शुक्रवार अपराह्न घरबाट निस्केका घिमिरे रातभर घर नफर्केपछि खोजी गर्दा रुखमा भुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । उनले शनिवार बिहान करिब ५ बजे आसपास फेसबुकमा भावुक स्टाटस समेत लेखेको

प्रहरीका ५ एआईजीको सरुवा,उपत्यकामा थापा मानवस्रोतमा राई

काठमाडौं । सरकारले नेपाल प्रहरीका ५ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यालयमा कार्यरत एआईजीहरूको सरुवा गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ । प्रशासन विभागका एआईजी दीपक थापालाई भने उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभाग लगिएको छ । मानवस्रोत विभागका

काठमाडौं आउँदै गरेको बस धादिङमा पल्टिदा २६ जना घाइते, ३ को अवस्था गम्भिर

काठमाडौं । धादिङको हुग्दीखोलामा सवारी दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । बेनिघाट रोराङ ९ हुग्दीखोलास्थित पृथ्वी लोकमार्गमा तुल्सिपुरबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस शनिबार बिहान ४ः४५ बजे आफै अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो । बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। अन्य

वैदेशिक रोजागारमा जानेको संख्या बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढेको जनाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको जनाएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा

बर्दियाको सानोडाँफेमा घाँस काट्दै गरेकी श्रीमतीको हत्या

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन् । घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए । प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ ।

सुरक्षा पन्त ‘कार्साङ’मा अनुबन्धित

काठमाण्डौं : नायिका सुरक्षा पन्तले नयाँ चलचित्र ‘कार्साङ’ साइन गरेकी छिन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘कार्साङ’ लाई यम शेर्पाले निर्देशन गर्दैछन । चलचित्रमा दयाहाङ राई र नव–नायिका छिरिङ शेर्पा फाइनल भइसकेका छन् भने वुद्दि तामाङको पनि मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ । शेर्पा जातिको सामाजिक कथामा निर्माणको तयारीमा रहेको चलचित्रमा नायिका सुरक्षा पन्त फाइनल भएसँगै मुख्य कलाकारको लाइनअप पुरा हुन लागेको निर्देशकले जानकारी दिए

शासनको २ वर्षमा तालिवानद्धारा ७० दलमाथि प्रतिबन्ध

अफगानिस्ता । तालिवान शासन प्रारम्भ भएको दुई वर्षको छोटो अवधिमै अफगानिस्तानमा एकपछि अर्को गर्दै राजनीतिक अधिकार खोसिँदै गएको छ । राजनीतिक अधिकार खोस्दै आएको तालिवान सरकारले पछिल्लो दुई वर्षको अवधिमा मात्र धेरै राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ । राजनीतिक दलमाथि नै प्रतिबन्ध लाग्न थालेपछि मानव अधिकार गम्भीर अवस्थामा पुग्ने चिन्ता व्यक्त हुन थालेको छ । सत्तारुढ तालिवानले ७० राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ । मुस्लिमहरूको जीवन शरिया कानुनमा आधारित रहेकाले साँचो

बाढीले स्कुल भवन भत्काएपछि पठनपाठन बन्द

म्याग्दी । बाढीले भवन लगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पु¥याएको थियो । जनशान्ति माविका शिक्षक मनवीर किसानका अनुसार बाढीले विद्यालयको खेलमैदान, कक्षाकोठा र छात्राबास