कोलोराडोमा माघे संक्रान्ति अवसरमा कौराह, सोरठी र पन्चेबाजामा झुमे दर्शक
बिक्रम बाह्रघरे, कोलोराडो । मगर संघ अमेरीका कोलोराडो च्याप्टरको आयोजनामा मगर समुदायको राष्ट्रिय पर्व माघे संक्रान्ति सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गत जनवरी १२ तारिक आईतवारको दिन च्याप्टरले Westminister स्थित नेपाली सांस्कृतिक घरमा कार्यक्रमको आयोजना गरी भव्य रुपमा सम्पन्न गरेको हो । कार्यक्रममा मगर समुदायको लोकप्रिय नाच सोरठी, लाईभ कौराह , लाईभ पन्चेवाजा लगायत अन्य मौलिक नेपाली गितमा दर्शक झुमेका थिए । कौराह र सोरठी नृत्य नेपालमा विशेष गरी










