रसुवामा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु
रसुवा । रसुवामा गएराति टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रसुवाको कालीका गाउँपालिका-२ स्याउबारीमा भएको दुर्घटनामा गाउँपालिका-१ राम्चेका २५ वर्षीय गाडी चालक सागर तामाङ र उनका दाजु २७ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको हो । गएराति ११ बजेतिर राम्चेबाट बेत्रावती जाने क्रममा वाग्मती प्रदेश ०१-००६ ख १६८८ नम्बरको टिप्पर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ। दुर्घटना भएपछि दुई जनालाई रसुवा अस्पताल ल्याइएको थियो ।उपचारको क्रममा