माघ १ गतेबाट चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन हुँदै
काठमाडौं : चलचित्र हलहरु खुलेको एक हप्ता भइसक्दा पनि हलका दर्शकको उपस्थिति शून्य छ। उसो त हाल पुरानै चलचित्रहरु प्रदर्शन भइरहेकोले हलहरु सम्म दर्शक आउने र नहेरेरै फर्किने गरेको हलवालाहरु बताउँछन् । नयाँ चलचित्रहरुको आशा दर्शकको रहेकोले पूरा चलचित्र हेर्न नरुचाएको पाइएको छ। यसैबीच, दर्शकको इच्छालाई ध्यानमा राख्दै माघदेखि नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउने भएको छ। माघीको अवसर पारेर प्रदर्शन हुन लागेको चलचित्रमा अभिनेता शिव श्रेष्ठ र