समाचार

कोशीमा सांसहरूले मध्यावधि रोक्ने बाटो रोजेः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कोशीमा मध्यावधि निर्वाचन रोक्न सांसदहरूले आफूलाई रोजेको बताएका छन्। मुख्यमन्त्री नियुक्त भएपछि पत्रकाहरूसँगको कुराकानीमा कार्कीले गठबन्धनको मात्रै संख्याले प्रदेश मध्यावधिमा जाने निश्चित देखेपछि त्यो रोक्नका लागि आफूले कदम चालेको उनले बताए। यसलाई पार्टी र नेतृत्वले अस्वाभाविक रूपमा नलिने विश्वास समेत व्यक्त गरे। ‘संविधान मान्ने र संविधानवादमा विश्वास गर्ने पार्टी संविधानसम्मत गरेको कामकारबाहीलाई सकारात्मक लिन्छ भन्ने ठानेको छु,’ उनले भने, ‘कहिलेकाहीँ अस्वभाविकजस्तो देखिन्छ। त्यसको परिणाम

कोशीको आठौं मुख्यमन्त्री बनेका केदार कार्की को हुन् ?

विराटनगर । कांग्रेसबाट विद्रोह गरेका केदार केदार कार्की एमालेको समर्थनमा बने कोशी प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । अघिल्लो प्रदेश सभामा ३ जना मुख्यमन्त्री भएका थिए । कोशी प्रदेशमा पछिल्लो प्रदेश सभाको एक वर्षको अवधिमा ५ औ मुख्यमन्त्री नियुक्त भएका छन् । यो अवधिमा २–२ पटक हिक्मत कार्की र उद्धव थापा मुख्यमन्त्री बनेका छन् । दुवै पटक मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका मुख्यमन्त्री बनेका उद्धव थापालाई भने अदालतले

कोशीमा कांग्रेसका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त

विराटनगर । विद्यार्थी राजनीतिबाट काङ्ग्रेसको राजनीतिमा आएका केदार कार्की कोशी प्रदेशको आठौ मुख्यमन्त्रीको रुपमा नियुक्त भएका छन् । अघिल्लो प्रदेश सभामा ३ जना मुख्यमन्त्री भएका थिए । कोशी प्रदेशमा पछिल्लो प्रदेश सभाको एक बर्षको अवधिमा ५ औ मुख्यमन्त्री नियुक्त भएका छन् । यो अबधिमा २–२ पटक हिक्मत कार्की र उद्धव थापा मुख्यमन्त्री बनेका छन् । दुवै पटक मुख्यमन्त्रीमा नियुक्त भएका काङ्ग्रेस संसदीय दलका मुख्यमन्त्री बनेका उद्धव थापालाई भने अदालतले बरखास्त

कोशीमा नयाँ मुख्यमन्त्री नियुक्ति गर्न सनाखत सुरू

विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री नियुक्ति तत्काल नगर्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब दिएपछि शुक्रबारको डेडलाइन टरेको थियो । गठबन्धनका शीर्ष नेतृत्वको आग्रहमा प्रदेश प्रमुख परशुराम खापुङ्गले दुवै पक्षका सांसदहरूबाट सनाखत गराउने निर्णय लिएका थिए । आफैँले दिएको समय सकिएपछि पनि बहुमत सांसदको हस्ताक्षरसहित सशरीर उपस्थित भएका केदार कार्की पक्षलाई सनाखत गरेरमात्र नियुक्ति गर्ने अडान प्रदेश प्रमुखले

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना

काठमाडौं । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ। ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७:३० बजे लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। ​ हेलिकप्टरमा पाइलट मात्रै रहेकाले क्याप्टेन प्रकाश सेढाईं गम्भीर घाइते हुन पुगेका मनाङ एअरले जनाएको छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौँको ह्याम्स हस्पिटल ल्याइँदै गरेको मनाङ एयरका निर्देशक राजु न्यौपानेले जानकारी दिए ।

गाजा क्षेत्रमा फेरि हमला गर्दैछौं: हमास

प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलमा पुनः हमला गर्ने चेतावनी दिएको छ । हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले गाजा क्षेत्रमा थप हमला गर्ने बताएका हुन् । उनले छन्, ‘हामी हाम्रो भुमी रक्षा गर्ने पक्षमा छौं । त्यसका लागि हामी पुनः इजरायल माथिको हमलालाई दोहोर्याउँछौं ।’ ‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठूलो नोक्सान हुँदैछ । अब शत्रुहरुले हाम्रो आक्रामणको प्रतिक्षा गरेर बसे

धार्मिक सद्भाव कायम राख्न नसकेको भन्दै सर्लाही र बाँकेका प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले सर्लाही र बाँकेका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । पछिल्लो समय धार्मिक सद्भाव कायम राख्न नसकेको भन्दै बाँकेका एसपी सन्तोषसिंह राठोर र सर्लाहीका एसपी नरेशराज सुवेदीलाई जिम्मेवारीबाट हटाइएको हो । एसपी राठोरको ठाउँमा सुवासचन्द्र बोहरा र एसपी सुवेदीको ठाउँमा प्रवीण धिताललाई पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए । त्यस्तै बाँकेका सीडीओ विपीन आचार्य पनी गृहमा तानिएका छन् । उनलाई पनी धार्मिक

कोशीको मुख्यमन्त्रीमा कसैलाई समर्थन नगर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशको मुख्यमन्त्रीमा कसैलाई समर्थन नगर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले कसैलाई समर्थन नगरि तटस्थ बस्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता मोहन श्रेष्ठले दुबै पक्षले ४७–४७ जनाको हस्ताक्षर बुझाएकाले तत्काल पार्टीको आवश्यकता नदेखिएको बताए । उनले भने, ‘हामीले कोशी प्रदेशको विषयमा गम्भीर समीक्षा गरेका छौं । दुईजनाले ४७÷४७ जनाको हस्ताक्षर बुझाउनुभएको छ । हामीले कसैलाई पनि

शुक्रबार कोशीमा मुख्यमन्त्री नियुक्ति

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री आज शुक्रबार नियुक्ति हुने भएको छ । मुख्यमन्त्रीमा दुई जनाले दाबी पेश गरेपछि प्रदेश प्रमुखले पर्शुराम खापुङले शुक्रबार नियुक्तिका लागि समय लिएका छन् । उनले परामर्शका लागि समय लाग्ने भन्दै आज मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेका हुन् । संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनका लागि दिएको समय सीमा आजसम्म रहेको छ । दुईजनाको दाबी परेपछि आवश्यक परामर्शका लागि समय लाग्ने भन्दै उनले बिहिबार मुख्यमन्त्री नियुक्त

झापामा एमाले नेता–कार्यकर्ताको गाडी तोडफोड

झापा : झापाको अर्जुनधारामा एमाले नेता–कार्यकर्ताको गाडी तोडफोड भएको छ । एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा उपस्थित भएकाहरूको गाडी फोडाफोड भएको हो । पहिचानवादी र दुर्गा प्रसाईँका समर्थक तथा कार्यकर्ताले गाडी तोडफोड गरेको बताइएको छ । अर्जुनधारामा राष्ट्रिय युवा सङ्घ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो ।  सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड भएको हो । तोडफोडबाट सात वटा गाडीका सिसा फुटेको छ । तोडफोडमा संलग्नहरूको खोजी