समाज

नेपाल आउने पर्यटकको संख्या बढ्यो

काठमाडौं : पर्यटक भित्रिने याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन् । गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन् । यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार पाँच सय

शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने अभियन्ता शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए । शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले ल्याएको थियो । घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र

बच्चा चोरीको आरोपमा दैलेखकी मनकुमारी सिंह पक्राउ

काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोपमा दैलेखकी मनीषा भनिने मनकुमारी सिंह पक्राउ परेकी छिन ।पक्राउ परेकी सिंहले बच्चा आफूले जंगलमा भेटेको प्रहरीसँग बयानमा बताएकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेपछि सुरुमा सिंहले आरोप अस्वीकार गरेकी थिइन् । अनुसन्धान अधिकृतहरूसँग उनले बयानमा भनिन्, ‘जंगलमा भेटेर ल्याएको हुँ ।’ चोरी गर्दाको हुलिया र कपडा म्याच भएपछि प्रहरीले मनकुमारी सिंहलाई गएराति काँडाघारीबाट पक्राउ गरेको हो । मनकुमारीका पतिलाई

वीरगञ्जमा तनाव वढेसंगै अनिश्चितकालीन कर्फ्यू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा आज सोमबार प्रदर्शन भएको थियो । वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यू

रौतहटको इशनाथमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ । इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएको भन्दै जिल्ला प्रशासन कार्यालय रौहतहटले कर्फ्यु लगाएको हो । शनिबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।कर्फ्यु लगाइएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, हिँडडुल गर्न, जुलुस तथा

गृहका सहसचिवको संयोजकत्वमा प्रहरी कर्मचारी समायोजन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले सहसचिवको संयोजकत्वमा प्रहरी कर्मचारी समायोजन समिति गठन गरेको छ । मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका सहसचिव नारायणप्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गरिएको हो । मन्त्रालयमा अहिले प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी खाली रहेको छ । यसअघि प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव केदारनाथ शर्माको कोशी प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा भएपछि उक्त पद रिक्त रहेको हो । यद्यपि सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा

दाङमा सहायक हवल्दारद्धारा  गोली प्रहार गरी पत्नीको हत्या

दाङ : नेपाल प्रहरीका सहायक हवल्दारले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानी श्रीमतीको हत्या गरेका हुन । बिहिवार राती करिव ८ बजेर ३० मिनेटको समयमा दाङको घोराही स्थित दामोदर चोकमा गोली प्रहार गरेर श्रीमती धनमाया थापाको हत्या गरेको दाङ प्रहरीले जनाएको छ । दाङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक(एसपी) रामबहादुर केसीका अनुसार टु ट्वान्टी बाइकमा

पोखरामा सुन,चाँदी र नगदसहित भारतीय नागरिक पक्राउ

पोखरा । ६ किलो सुन, ६ किलो चाँदी र ६२ लाखभन्दा बढी नगदसहित पोखराबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर ११ घर भई हाल पोखरा महानगरपालिका–२ मोहरिया टोल बस्ने ४० वर्षीय सुरजित भौमिक रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले जानकारी दिए । पोखरा–२ मोहरिया टोलस्थित कविन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई विगत लामो समयदेखि भौमिकले गरगहना बनाउने कालिगढको रुपमा काम गर्दै

भृकुटीमण्डपमा दुर्गा प्रसाईंको शक्ति प्रदर्शन

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डाहरू अघि सार्दै आज नयाँ चरणको आन्दोलन सुरु गरेको भन्दै शक्ति प्रदर्शन गरेका छन् । उनले ‘नागरिक बचाउ महाअभियान’ को वार्षिकोत्सवका अवसरमा काठमाडौंको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका हुन् । उनले आफ्नो अभियानको शक्ति प्रदर्शन राजसंस्था पुनर्स्थापनाका लागि भएको दाबी गरे । राजधानीमा आयोजित सभामा मानिसहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यसैबीच प्रसाईंको अभियानलाई राप्रपाले पनि नैतिक समर्थन गरेको छ । यति मात्र

घरको चार तला माथिबाट हामफाल्दा महिलाको ज्यान गयो

काठमाडौं । ललितपुरको इमाडोलस्थित एक घरबाट हामफालेकी महिलाको ज्यान गएको छ । शनिबार अपराह्न महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटस्थित घरको चौथो तलाबाट ३६ वर्षीया रबिना महर्जनले हाम फालेकी थिइन् ।  स्थानीयले उद्धार गरी उनलाई किस्ट अस्पताल पु¥याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । साथै सोही घरमा अचेत अवस्थामा फेला परेका दुई बच्चाको पनि मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आमाको उपचारको क्रममा र ६ वर्षीय बालक