समाज

घरको छतबाट खसेर १८ वर्षीया किशोरीको मृत्यु

दाङ । दाङको तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ । तुलसीपुर ५ रानीजरुवाकी १८ वर्षीया कमला केसी शुक्रबार साँझ आफ्नै घरको छतबाट खसेर गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । छतको रेलिङमा बसेकी उनी सन्तुलन गुमाउन पुग्दा खसेको भन्ने बताइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए । उनका अनुसार छतबाट खसेकी केसीलाई उपचारका लागि

काठमाडौँ जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा  दुई जनाको घटनास्थलमै मृत्यु

दाङ ।  बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ -०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।  बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको उनले बताए

कैलालीको सामुदायिक वनमा पाटे बाघ मृत भेटियो

धनगढी । कैलालीको एक सामुदायिक वनमा पाटे बाघ मृत भेटिएको छ ।कैलालीको जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार स्थानीयले पासोमा परेको अवस्थामा बाघ मृत भेटिएको देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले प्रहरीको टोली घटनास्थल पुगेको बताउँदै वनका कर्मचारीलाई बोलाइएको बताए ।

ब्यापारी नरेश अग्रवाल दुई करोड नगदसहित पक्राउ

काठमाडौं । राजस्व अनुसन्धान विभागले दुई करोड रुपैयाँ नगदसहित कपडा ब्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ ।विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर पक्राउ गरेको हो ।  विभागले उनलाई घरबाटै नगदसहित पक्राउ गरेको हो । विभागको प्रारम्भिक अनुसन्धानमा अग्रवाल हुन्डी र क्रिप्टो कारोबारी भएको देखिएको छ । तर, त्यसको थप अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

सर्जक किरणबाबु पुन सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त

काठमाडौं । गायक तथा गीतकार किरणबाबु पुनलाई सरकारले नेपाल सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त गरेको छ । आज बुधवार बसेको मन्त्रीपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सर्जक पुनलाई नियुक्ति दिएको हो । यसअघि सो पदमा अशोक प्यासी थिए । उनको पदावधि सकिएपछि अहिले पुनलाई नियुक्त गरिएको हो । रुकुम पश्चिम सानीभेरी निवासी किरणबाबु पुन लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय छन् । उनले सिर्जना गरेका ‘क्षितिजपारी उनको बस्तीमा’, ‘म

बलात्कारको घटना लुकाउन बाबुद्वारा छोराको हत्या

सुर्खेत । पश्चिम सुर्खेतमा रहेको एक घरनजिक मृत भेटिएका युवकको हत्या भएको खुलेको छ। बलात्कारको घटना लुकाउन एक बाबुले छोराको हत्या गरेको खुलेको छ । बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुले नै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । गत सोमबार बन्चरोले हानेको अवस्थामा २१ वर्षीय युवकको शव पञ्चपुरी नगरपालिका–५ मा आफ्नो घरसँगै रहेको बाख्राको खोरनजिकै मृत फेला परेको थियो । जिल्ला प्रहरी कार्यालमा गत कात्तिकमा

त्रिशुलीमा खसेको जिप भेटियो,मान्छे भेटिएन

चितवन । त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको छ । जिप भेटिएपनि मान्छे भने फेला परेको छैन । आज मंगलबार बिहानै त्रिशूली नदीमा गाडी खसेको स्थानीयले खबर गरेपछि खोजी गरिएको थियो । चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार नदीबाट भारतीय नम्बर प्लेटको जिप निकालिएको हो । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले

सर्वोच्चभित्रै न्यायाधीश गिरीको पत्नीद्वारा आत्मदाहको प्रयास

काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरभित्रै आत्मदाह प्रयास गरेकी छन् । आइतबार उनले शरीरमा आगो सल्काएरु आतमदाहको प्रयास गरेकी हुन् । आत्मदाह गर्नेक्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन् । ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएर भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोल÷मट्टितेल खन्यार आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको

जिप दुर्घटनामा परी बागलुङमा दुई जनाको मृत्यु

बागलुङ । जिप दुर्घटनामा परी बागलुङमा दुई जनाको मृत्यु भएको छ । आज शनिबार बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जादै गरेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको

काठमाडौं जादै गरेको बस राप्ती नदिमा खस्यो कम्तिमा ६ जनाको मृत्यु

भालुबाङ: लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा यात्रुबाहाक बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।उद्धारमा खटिएका प्रहरीको अनुसार ६ जनाको मृत्यु भएको बताइएको छ। आज शुक्रबार नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस भालुवाङ राप्ती पुलबाट तल राप्ती नदीमा खसेको प्रहवीले जनाएको छ । बसमा सवार अन्य पनि च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ। रातको समय भएकाले उद्धारमा समस्या भइरहेको स्थानीयको प्रतिक्रिया छ। बसमा सवार करिव दुइ दर्जन बढी