गाजामा संयुक्त राष्ट्रसंघका १३६ कर्मचारी मारिए
इजरायल र हमासबीच जारी द्वन्द्वमा पछिल्लो ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारीको ज्यान गएको छ । साथै थुप्रै कर्मचारीहरूले काम छोड्न वाध्य भएको पनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताका छन् । गुटेरेसले विश्व संगठनको लामो इतिहासमा यसका कर्मचारीको यति ठूलो हताहतको संख्या अहिलेसम्म कहिल्यै नभएको बताएका हुन् । गाजामा हाम्रा १३६ जना सहकर्मीहरू ७५ दिनमा मारिएका छन् ( जुन हामीले संयुक्त राष्ट्रसंघको इतिहासमा कहिल्यै देखेका थिएनौं । हाम्रा अधिकांश