“के माया लाग्छ र” टिमको अर्को प्रतिक्षित प्रस्तुति “तीनपाते” सार्वजनिक


  • “के माया लाग्छ र” टिमको अर्को प्रतिक्षित प्रस्तुति “तीनपाते” सार्वजनिक
  • काठमाडौं २२ साउन । नवीन चौहानले निर्देशन गरेको ‘तीनपाते’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।आर्टमाण्डूले निर्माण गरेको ‘तीनपाते’ को म्युजिक भिडियोमा ग्रामीण नेपालको परिवेश, गोठका कथा, हाटबजार अनि बाल्यकालको माया र अपेक्षासहितको प्रेम कथा समेटिएको छ । पूर्वी नेपालको छुर्पी, नौनी, दूध अनि गोठदेखि समग्र नेपालभरिको लाहुर जाने या गाँउमै बसेर केही गर्ने दुविधालाई चिर्दै म्युजिक भिडियो मार्फत सुमधुर गीत र मन छुने कथा प्रस्तुत गरिएको छ । हर्क साउद शब्द सिर्जना, सुजन चापागार्ईंको संगीत तथा सुजन चापागार्ईं र विद्या तिवारीको स्वरमा रहेको गीतको संगीत संयोजन गंगा थापाले गरेका हु न् । म्युजिक भिडियोमा मिलन खत्री, अनु काफ्ले, हर्क साउद, नयन नेपाल, आयुष्मा काफ्ले, सम्रान्त थापा, मुना धिताल आदिको अभिनय रहेको छ। आर्टमाण्डुले ‘के माया लाग्छ र’ को सफलतापछि ‘तीनपाते’ ल्याएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *