नेकपा सचिवालय बैठक बस्दै, कार्यदललाई अनुमोदन गर्ने तयारी


  • नेकपा सचिवालय बैठक बस्दै, कार्यदललाई अनुमोदन गर्ने तयारी

    काठमाडौं ०१, भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक सोमबार बिहान बस्दैछ । बैठक बिहान साढे ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । पार्टीभित्रको विवाद समाधानको उपाय सुझाउन शुक्रबार ६ सदस्यीय कार्यदल अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेका थिए। महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको वैधानिकताप्रति वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएपछि त्यसलाई सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको हो। त्यसकै लागि सोमबारको सचिवालय बैठक बोलाइएको नेकपा नेताले बताएका छन् । आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलमा महासचिव पौडेलसहित शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *