नेपालको दोस्रो लामो पुल उदघाटन गर्न दाङ जादै प्रधानमन्त्री ओली


  • नेपालको दोस्रो लामो पुल उदघाटन गर्न दाङ जादै प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज काठमाडौं उपत्याका बाहिर जाँदैछन् । प्रधानमन्त्री ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाने भएका हुन् । प्रधानमन्त्रीले आज दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्दैछन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । तर, आज प्रधानमन्त्री ओलीले उक्त पुलको उद्घाटन गर्ने भएका हुन् । राप्ती पुलको उदघाटन गरेपछि राप्ती गाउँपालिकाको लालमटियामा आयोजना गरिएको जनसभालाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी देउखुरीको सुरक्षा व्यवस्था कडा पारिएको जनाईएको छ । करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धारित समय अगावै पुल निर्माण सम्पन्न भएको सो पुलको ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको छ । यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा पनि रहेको छ । ‘गेरुवा पुल’ भनेर चिनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ । दृष्टिन्युजवाट    

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *