ओलीलाई नेपाल-खनाल पक्षद्वारा २४ घण्टे डेडलाइन, नभए सांसदहरुले राजिनामा दिने


  • ओलीलाई नेपाल-खनाल पक्षद्वारा २४ घण्टे डेडलाइन, नभए सांसदहरुले राजिनामा दिने

    काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन २४ घण्टे साँझसम्मको डेडलाइन दिएको छ । नभए यो समूहका सांसदहरुले सामूहिक राजीनामा दिनेछन् । शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको हो । ‘२ जेठ २०७५ मा केपी ओली फर्कन तयार नभए राजीनामा दिन तयार भएका छौं । तर आज साँझसम्म कुर्छौ’, एक सांसदले भने । उनका अनुसार ओली अडानमै रहिरहेमा आइतबार साँझ वा सोमबार विहानसम्म सांसदहरुले राजीनामा दिनेछन् । राजीनामा दिन सांसदहरुले प्रतिबद्धता नै जनाएका छन् । ‘सांसदको राजीनामा व्यक्तिगत रुपमा बुझाउनुपर्छ, तर हामी सवै सांसद राजीनामा दिन तयार भएका छौं’, ती सांसदले भने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *