काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दाबी पेस गर्दै


  • काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दाबी पेस गर्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् ।
    सभापित देउवाले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय सीमा आज राति ९ बजे सकिँदैछ । त्यसैले पनि देउवाले आजै आफ्नो नेतृत्वमा सरकार गठनको दावी पेस गर्न लागेका हुन् ।
    सभापित देउवाले आन्तरिक र बाह्य परिस्थिति आफू अनुकुल बनाउन सोमबार यता आफूनिकट नेताहरुलाई छलफलका लागि परिचालन गर्दै आएका छन् । यसका लागि उनी आफैँले पनि प्रधानमन्त्री ओलीइत्तरका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । देउवाले माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्दै आएका छन् । दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *