गैर सांसद सात मन्त्री मन्त्रिपरिषद बैठकमा अनुपस्थित


  • गैर सांसद सात मन्त्री मन्त्रिपरिषद बैठकमा अनुपस्थित

    काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै गैर सांसद सात मन्त्री मन्त्रिपरिषद बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषदको बैठकमा गैरसांसद सात मन्त्री अनुपस्थित भएका हुन् ।
    प्रधानान्याधीश चोलेन्द्र शम्शेर जबराको इजलासले गैर सांसद सात मन्त्रीलाई काम नगराउन आदेश दिएसँगै बैठकमा आदेश कार्यान्वयन गर्दै मन्त्री अनुपस्थित भएका हुन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा अनुपस्थित भएका छन् । यस्तै, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा बैठकमा उपस्थित छैनन् । उनीहरूको कुर्सि खाली राखिएको छ ।बिहीबारको बैठकमा प्रधानमन्त्रीले केही महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ । दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *