मधेश प्रदेशमा कांग्रेसका मन्त्रीहरुलाई हटाउने तयारी



  • जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीहरुलाई बर्खास्त गरेपछि मुख्यमन्त्री राउतले मधेश सरकारको मन्त्रिपरिषदबाट कांग्रेसका मन्त्रीलाई हटाउन लागेको हुन् ।
    मधेस प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् ।
    उनीहरुलाई मुख्यमन्त्री राउतले फोनमार्फत राजीनामा दिन निर्देशन दिएको एक मन्त्रीले बताए । उनका अनुसार राजीनामा नदिए आजै उनीहरुलाई पदमुक्त गर्ने मुख्यमन्त्रीले तयारी गरेका छन् । जसपाबाट सहभागी मन्त्रीहरुलाई बिहीबार बर्खास्त गरिएको थियो । गठबन्धन छाडेर नेकपा एमालेसँग तालमेल गरेपछि जसपाका मन्त्रीहरुलाई हटाउने निर्णय गरिएको थियो ।दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *