सौर्य पत्र

रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न सरकारको निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले बुधवार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै रात्रिकालिन व्यवसाय रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको हो । त्यस्तै मन्त्रालयले ठुला सहरहरूमा एक हजार र साना शहरमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिए आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ । घरबाहिर जाँदा अनिवार्य

गोठमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गयो

प्युठान । प्युठानमा आगाेलागीमा परी दुई बालबालिकाको ज्यान गएको छ । प्युठान जिल्लाको गाैमुखी गाउँपालिका–३ रजवाराका रमेश रानाको गोठमा आगलागी हुँदा उनको  ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीय छोरी चन्द्रकला रानाको आगाेमा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बुधबार विहान करिव ९ बजे घरमा अभिभावक नभएको बेला आगलागी भएको प्रहरीले बताएको छ । अहिले घटना स्थलमा प्रहरी पुगेर आगाे के कति कारणले लागेकाे हाे

कोभिड–१९ विरुद्धको चिनिया खोप आजदेखी लगाइदै

चीनबाट अनुदान सहयोगमा आएको  कोभिड–१९ विरुद्धको भेरोसेल खोप बुधबारदेखि लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट लगाउन लागिएको हो । उक्त खाेप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने भएको छ । यस भन्दा अघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने

वायु प्रदूषणका कारण आँखाको विरामी वढ्दै

काठमाडौं । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ।स्वास्थ्य चौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन्। झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५० बिरामी आँखाको समस्या लिएर उपचारका लागि पुग्न थालेका छन्। उपचारका लागि पुग्नेहरूले आँखा चिलाउने र पोल्नेलगायत समस्या लिएर आउने गरेको उनले बताए। ‘वायु प्रदूषण बढेपछि यस्तो समस्या देखिँदै आएको छ’, उनले भने,

कतार प्रहरीमा कुनै माग नआएको भन्दै विभागद्वारा विज्ञप्ति जारी

वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भनेर ठगी हुन सक्नेप्रति आम युवालाई सचेत गराएको छ । विभागले सोमबार विज्ञप्तिमार्फत कतार प्रहरीका लागि कतारस्थित नेपाली दूतावासबाट कुनै मागपत्र प्रमाणीकरण भएर नआएको भन्दै सम्भावित ठगीबाट बच्न सूचित गरेको हो । कतार प्रहरीमा सुरक्षाकर्मीमा पठाउने भन्दै युवासँग राहदानी लिने, अवैध अन्तर्वार्ता लिने जस्ता काम भएको भन्दै उजुरी विभागमा आएकाले यस विषयमा सचेत हुन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ । कतार प्रहरीका लागि विभागबाट

विदेशमा ज्यान गुमाएका १५ नेपालीको शव नेपाल ल्याइयो

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याइएको छ । आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२ वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एकवटा शव एकैपटक ल्याइएको हो । यसअघि गत माघमा मलेसियाबाट १८ वटा शव नेपाल एयरलाइन्सबाट ल्याइएको थियो ।

नेपाल पक्षका नेताहरुलाई आफ्नो पक्षमा तान्न प्रधानमन्त्री ओलीको कसरत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली माधव नेपाल पक्षका नेताहरुलाई आफ्नो पक्षमा तान्न प्रयासरत् छन् । माधव नेपाल सहित चार जनालाई कारवाहीको पत्र पठाएका ओलीले सो समूहलाई फुटाएर एउटा पक्ष आफूतिर तान्न आफैं लागि परेका छन् ।   ओलीले नेपाल नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन् । नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैले मनाउने प्रयास गरेका छन् ।

रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । १० खेलाडीमा समेटिएको रियल भालाडोलिडलाई १–० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लन सफल भएको हो । घरेलु मैदान नोउ क्याम्पमा सोमबार राति भएको खेलमा फ्रेन्च फरवार्ड औसमाने डेम्वेलेले ९०औं मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले रोनाल्ड एराउजोको पासमा गोल गरेका थिए । घरेलु मैदानमा बार्सिलोनाले रियल भालाडोलिडलाई

बैंकिङ कसुरमा फरार अभियुक्त नौ महिनापछि पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँले बैंकिङ कसुर मुद्दामा फरार एक व्यक्तिलाई नौ महिनापछि पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा बिगत नौ महिनादेखि फरार रहँदै आएकी जिल्ला तनहुँ भानु नगरपालिका–१२ मिर्लुङ स्थायी घर भएका वर्ष २७ की आशा थापा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।   उच्च अदालत पाटनको विसं २०७७ असार १४ गतेको फैसलाले दुई दिन कैद र रु छ लाख जरिवाना हुने गरी फैसला सुनाएकोमा उक्त तोकिएको

ओली, काँग्रेस र माओवादी केन्द्रद्वारा सत्ता समीकरणमा जसपा नेता ठाकुरलाई  तानातान

काठमाडौं । जनता समाजवादी पाटी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन् । सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली काँग्रेसले जसपालाई आ–आफ्नो कित्तामा उभ्याउन वार्ता गरिरहेका छन् । माओवादी केन्द्रले पनि ठाकुरसँग संवाद जारी राखेको छ । यसैक्रममा आइतबार ठाकुरसँग नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले भेट गरेका छन् । ठाकुर निकट जसपाका नेता डा सुरेन्द्र झाले पौडेलले नयाँ सरकार