फिल्मी समाचार

दिपेन्द्रको ‘नजाने भो हाम्रो दुःख’ सार्वजनिक

काठमाण्डौं: सविना र नारद पोखरेलको ‘नजाने भो हाम्रो दुःख’ राष्ट्रिय भाव झल्काउने बोलको गीत सार्वजनिक भएको छ। बुधबार काठमाडौंको नयाँबानेश्वरस्थित सनराइज क्याफेमा पत्रकार सम्मेलन गर्दै उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। शिशिर योगीको स्वर, नारद पोखरेलको शब्द, ज्योती प्रकाशको संगीत रहेको गीतको भिडियोमा शुरविर पण्डित ‘दारी बा’, रश्मि भट्ट र राजानन्द माण्डव्यको अभिनय हेर्न सकिन्छ । ओएसआर डिजिटल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजीक भिडियोले युवाहरु बिदेश पलायन हुनुपर्ने

नेपालगन्ज महोत्सवमा समीक्षा अधिकारी (तस्वीर)

नेपालगन्ज : लोकप्रिय गायिका समीक्षा अधिकारी मंगलबार नेपालगन्जमा थिइन्। नेपालगन्जमा जारी महोत्सवमा प्रस्तुति दिन आएकी उनले दर्शकलाई भरपुर मनोरञ्जन दिइन्। उनले आफ्ना आधा दर्जन बढी लोकप्रिय गीतहरू गाएर दर्शकहरुलाई नचाएकी थिइन्। उनको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए। उनले प्रस्तुति दिँदै गर्दाका केही तस्वीरहरु यस्ता छन्:-

नेपालगन्जमा बिराजको गजबको क्रेज

नेपालगन्ज : एक्सन नायकका रुपमा नेपाली सिनेमा उद्योगमा छुट्टै क्रेज बनाएका नायक हुन् बिराज भट्ट। त्योबेलाको बिराजको क्रेज अहिले पनि उत्तिकै छ। लामो समयपछि ‘साँङलो’ सिनेमामा डेव्यू निर्देशनसँगै कमब्याक गरेका बिराज फ़ेरि नयाँ सिनेमा ‘१२ गाउँ’को निर्माण तयारीमा छन्। नयाँ सिनेमाको निर्माण तयारीसँगै बिराज नेपालका विभिन्न मेला महोत्सवमा पनि सरिक भइरहेका छन्। सोमबार मात्रै बिराज नेपालगन्ज आएका थिए। नेपालगन्जमा जारी महोत्सवमा बिराज आएका हुन्। बिराजलाई हेर्नको लागि सोमबार नेपालगन्जको महोत्सव

कोहलपुरमा पल शाह : बहिनीको रिसेप्सन पार्टीमा बहिनीसँगै नाचे छमछमी

नेपालगन्ज : अभिनेता पल शाह गत शनिबार धनगढी महोत्सवमा पुगे। जहाँ उनलाई हेर्न आउने दर्शकको संख्या लाख बढी थियो। लामो समयपछि स्टेज चढेका पलको क्रेज शनिबार धनगढीमा बेग्लै थियो। धनगढी महोत्सवमा सहभागी भएर आइतबार पल कोहलपुर आइपुगे। बहिनी रोशनी शाहको रिसेप्सन पार्टीमा सहभागी हुन पल आइतबार कोहलपुर आइपुगेका हुन्। कोहलपुरको पाँचतारे होटल ‘सेन्ट्रल प्लाजा’मा रोशनीको विवाहको भव्य पार्टी आयोजना गरिएको थियो। रिसेप्सन पार्टीमा हजारौंको उपस्तिथि रहेको थियो। जब पल उक्त

सुरजले ‘खजुरे ब्रो’ निर्देशन गर्ने

काठमाण्डौं : निर्देशक सुरज सुनुवारले झन्डै ९ वर्षपछी चलचित्र ‘खजुरे ब्रो’ निर्देशन गर्ने भएका छन् । शुक्रबार विहान ललितपुरस्थित बंगलामुखी मन्दिरमा पूजा गर्दै चलचित्रको शुभ साइत गरिएको हो । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा आगामी माघ पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रलाई नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने भएका छन । शिशिर बिसंखेको छायांकन हुने चलचित्रको छायांकन काठमाडौं, इटहरी र धरानसँगै भारतस्थित दार्जलिङका विभिन्न ठाउँमा गरिनेछ ।कमेडी कथावस्तुमा बन्न लागेको

फ्राइडे रिलिज : 'दुई कदम' र 'जम्प' हलमा

काठमाडौं : आज शुक्रबारबाट दुई नेपाली सिनेमाहरु एकसाथ प्रदर्शनमा आएका छन्। उदय सुब्ब निर्देशित ‘दुई कदम’ र आशुतोषध्वज कार्की निर्देशित ‘जम्प’ देशभर प्रदर्शनमा आएका हुन्। ‘दुई कदम’मा तारादेवी लिम्बूको लगानी छ। दयाराम घिमिरेले सिनेमाको कथा र पटकथा लेखेका हुन्। बिक्रम बिसीले खिचेको सिनेमालाई प्रवीण दाहालले सम्पादन गरेका छन्। सिनेमामा इओन लिम्बू, सिमोन गिरी, सुनिल थापा, गौरव पहारी, प्रेम सुब्बा, कविता आले, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। यता ‘जम्प’भने

बलिउड फिल्म ‘सालार’ मा मेनुकालाई पार्श्व गायनको अवसर

भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’मा आफ्नो उत्कृष्ट प्रस्तुतीले चर्चामा रहेकी नेपालकी मेनुका पौडेलले भारतको ठूलो फिल्म ‘सलार’मा पार्श्व गायनको अवसर पाएकी छिन्। आइतबार राति सोनी टेलिभिजनमा प्रशारित शोमा मेनुका स्वयंले आफूले ‘सलार’मा गीत गाउने अवसर पाएको खुसी साटेकी हुन् । फिल्ममा उनले संगीतकार रवि बसरुरको संगीतमा स्वर भर्नेछिन्। भारतीय फिल्म ‘सलार’ मा पार्श्व गायनको अवसर पाएपछि मेनुकाले भनेकी छन्‘यो मेरो पहिलो टर्निङ प्वाइन्ट हो।  जहाँ म पहिलो प्लेब्याक गायनका

दीपेन्द्रले ‘दुःखी’ आत्मा’ को निर्देशन गर्ने

काठमाण्डौं : चलचित्र ‘नाङ्गो गाउँ’को सफलतापछि निर्देशक दीपेन्द्र लामाले नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् । निर्देशक लामाले निर्माता हिमाल कडरियासँगको सहकार्यमा नयां चलचित्र ‘दुःखी आत्मा’ बनाउने घोषणा गरेका हुन् । यो चलचित्रमा नायक दयाहाङ राइले काम गर्ने पक्का भएको छ भने कलाकार र प्राविधिकहरुको चयन चाडै गरिने निर्माणपक्षले बताएको छ । क्लब क्रियसन्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रले समाज भित्र विभिन्न परिवेशमा बाँचिरहेका मानिसहरुको कथालाई कमेडी नजरबाट देखाउने निर्माण

'सतीदेवी'ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं : लक्ष्मण सुवेदी निर्देशित सिनेमा ‘सतीदेवी’ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। शुक्रबार सिनेमाले केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको हो। एउटा सामाजिक कथामा आधारित सिनेमामा अभिनेत्री मलिका महत मुख्य भुमिकामा रहेकी छिन्। निर्माण टिमले केही हप्ता अघि फर्स्टलुक पोस्टर रिलिज गरेको थियो। फर्स्टलुक पोस्टरले राम्रै चर्चा पायो। अब भने दर्शक पूरा सिनेमा हेर्नलाई कुरेर बसेका छन्। दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको

सिनेमा 'दुई कदम'को ट्रेलर रिलिज

काठमाडौं : उदय सुब्बा निर्देशित सिनेमा ‘दुई कदम’को ट्रेलर रिलिज गरिएको छ। बुधबार राजधानीको वान सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर रिलिज गरेको हो। २ मिनेट ३ सेकेन्ड लामो ट्रेलरमा सिनेमाका अधिकांश कलाकारहरुलाई देखाइएको छ। तथापि सिनेमाका नायक इओन लिम्बूलाई चाहिँ बढी नै स्थान दिइएको महशुस हुन्छ। इओन र सिनेमाकी नायिका सिमोन गिरी ट्रेलरमा हाबी छन्। इओनकी प्रेमिकाको रुपमा सिमोनलाई ट्रेलरमा देख्न सकिन्छ। अन्जान हुँदै सुरुभएको इओन र