फिल्मी समाचार

सिनेमा 'दुई कदम'को ट्रेलर रिलिज

काठमाडौं : उदय सुब्बा निर्देशित सिनेमा ‘दुई कदम’को ट्रेलर रिलिज गरिएको छ। बुधबार राजधानीको वान सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर रिलिज गरेको हो। २ मिनेट ३ सेकेन्ड लामो ट्रेलरमा सिनेमाका अधिकांश कलाकारहरुलाई देखाइएको छ। तथापि सिनेमाका नायक इओन लिम्बूलाई चाहिँ बढी नै स्थान दिइएको महशुस हुन्छ। इओन र सिनेमाकी नायिका सिमोन गिरी ट्रेलरमा हाबी छन्। इओनकी प्रेमिकाको रुपमा सिमोनलाई ट्रेलरमा देख्न सकिन्छ। अन्जान हुँदै सुरुभएको इओन र

दुई दिनमै ‘एनिमल’ले कमायो २३६ करोड

काठमाण्डौं: शुक्रबारबाट रिलिज भएको बलिउड फिल्म ‘एनिमल’ले दुई दिनको अवधिमा २३६ करोड भारतीय रुपैयाँ कमाएको छ ।उक्त चलचित्रले विश्वभरबाट शुक्रबार र शनिबारको अवधिमा २३६ करोड कमाएको हो । सन्दिप रेड्डी भांगाले निर्देशन गरेको फिल्ममा रणवीर कपुर, रश्मीका मन्दाना, बबी देवल ,अनिल कपुर , सन्दिप रेड्डी, शक्तृती कपुर तृप्ती डिमरी र परिणिती चोपडा लगायत चर्चित कलाकारको अभिनय रहेको छ । रिलिज भएको पहिलो दिन शुक्रबार ११६ करोड कमाएको ‘एनिमल’ले दोस्रो दिन

शो कम दिएको भन्दै ‘दिमाग खराब’ प्रदर्शन रोक्ने निर्माण टिमको घोषणा

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र दिमाग खराब निर्माण टिमले हलहरुले शो कम दिएको भन्दै चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ । निर्देशक निश्चल बस्नेतले बिहीबार सम्म पनि भारतीय चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने घोषणा गरेका हुन् । ‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने रु’, बस्नेतले फेसबुक लाइभमा भनेका छन्, ‘जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौं, तबसम्म फिल्म चलाउँदैनौं । बरु

अभिनेत्री दिपाशा बीसीको निधन

काठमाण्डौं : अभिनेत्री तथा मोडेल दिपाशा बीसीको २८ बर्षको उमेरमा निधन भएको छ । बिहीबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । स्वास्थ्यमा असहज भएपछि उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।  ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित बीसी २०५२ सालमा सुर्खेतमा जन्मिएकी हुन । दर्जनौं म्यूजिक भिडियोका साथै केही नेपाली फिल्ममा समेत अभिनय गरेकी बीसी अविवाहित हुन । उनको

‘एक भागवत् र एक गीता’ नाममा रिलिज गर्ने सहमती

काठमाण्डौं: चलचित्रको नाम परिवर्तन गर्नुपर्ने भन्दै केही धार्मिक संगठनहरुले विरोध गर्दै आएको चलचित्र ‘एक भागवत् गीता’को नामलाई लिएर भएको विवाद सहमतीमा टुंगिएको छ । आइतबार चलचित्र विकास बोर्डको हलमा भएको छलफलमा चलचित्रको नाममा केही परिवर्तन गर्ने गरी ‘एक भागवत् र एक गीता(सामाजिक कथा) राख्ने सहमती भएको हो । नाममा सहमती भएसँगै अब चलचित्रलाई सेन्सरका लागि सिफारिश दिन चलचित्र विकास बोर्ड तयार भएको छ । छलफलमा चलचित्र विकास बोर्डको हलमा अध्यक्ष

‘उपहार’ लिएर अभिनयमा फर्किइन् रेखा

काठमाण्डौं : कुनै समय नेपाली फिल्ममा एकक्षत्रराज गरेकी नायिका रेखा थापा अब आफ्नो होम प्रोडक्सनको फिल्म ‘उपहार’मार्फत् अभिनयमा फर्किएकी छन् । पशुपतिनाथमा शुभ-मुहूर्त गरेपश्चात् त्रिभुवन विमानस्थलको गेटबाट फिल्मको छायांकन शुरु गरिएको छ । अघिल्लो वर्षको सुपरहिट फिल्म ‘झिँगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाले ‘क्याप्टेनसिप’ सम्हालेको फिल्ममा रेखाका साथै पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, मिस्टर नेपाल २०२३ का विजेता समर्पणजंग कार्की, शिशिर राणा, तेज गिरीलगायतको मुख्य भूमिका रहनेछ । काठमाडौं आसपासमा छायांकन

सुरक्षा पन्त ‘कार्साङ’मा अनुबन्धित

काठमाण्डौं : नायिका सुरक्षा पन्तले नयाँ चलचित्र ‘कार्साङ’ साइन गरेकी छिन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘कार्साङ’ लाई यम शेर्पाले निर्देशन गर्दैछन । चलचित्रमा दयाहाङ राई र नव–नायिका छिरिङ शेर्पा फाइनल भइसकेका छन् भने वुद्दि तामाङको पनि मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ । शेर्पा जातिको सामाजिक कथामा निर्माणको तयारीमा रहेको चलचित्रमा नायिका सुरक्षा पन्त फाइनल भएसँगै मुख्य कलाकारको लाइनअप पुरा हुन लागेको निर्देशकले जानकारी दिए

बक्स अफिसमा ‘गदर २’को तीन दिनमै सय करोड नाघ्यो

काठमाण्डौं : सनी देओल र अमीषा पटेल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा तहल्का पिटेको छ । पहिलो दिनदेखी नै सबै हलहरुमा हाउसफुलको बोर्ड लगाएर आक्रमक व्यापार गरिरहेको छ । भारतीय बक्स अफिस रिपोर्टमा काम गर्ने sacnilk साइटको रिपोर्ट अनुसार फिल्मले ओपनिङमा भारु ४० करोड १० लाख, दोस्रो दिन ४३ करोड ८ लाख र तेस्रो दिन ५१ करोड ७० लाखको व्यापार गर्दै ‘गदर २’ले तीन दिनमा १

सारुकले सुसाइड नोटमा लेखे–‘यो सबै मेरो गल्ती हो कसैलाई ब्लेम नगर्नु’

काठमाण्डौं : तीन साताअघी (असार २१ गते) रातोपुलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको मोबाइलको नोट्स प्याडमा सुसाइड नोट भेटिएको छ । सारुकले मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखेका हुन् । उनले आफ्नो सुसाइड नोटमा विवाद ननिकाल्न र कसैलाई दोष नदिन प्रहरीसँग आग्रह गरेका छन् । सारुकले लेखेका छन्–‘पुलिसहरु डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यही इन्ड हुनु

मणिराम पोखरेलको ‘जारी’ले मनायो सय दिन

काठमाडौं । करिब पांच वर्षपछि नेपाली फिल्म ‘जारी’ ले प्रदर्शनको सय दिन पूरा गरेको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमानको कथा प्रस्तुत गरिएको फिल्म ‘जारी’ गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको हो । उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘जारी’ यतिबेला काठमाडौं उपत्यकामा तीन चलचित्र भवन क्युएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प्रदर्शनको सय दिन पूरा गरेको हो । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न