मणिराम पोखरेलको ‘जारी’ले मनायो सय दिन
काठमाडौं । करिब पांच वर्षपछि नेपाली फिल्म ‘जारी’ ले प्रदर्शनको सय दिन पूरा गरेको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमानको कथा प्रस्तुत गरिएको फिल्म ‘जारी’ गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको हो । उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘जारी’ यतिबेला काठमाडौं उपत्यकामा तीन चलचित्र भवन क्युएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प्रदर्शनको सय दिन पूरा गरेको हो । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न