युट्युवका हेडलाईनप्रति निता ढुंगानाको आपत्ति
काठमाडौं : नायिका निता ढुंगानाले युट्युवमा आएका हेडलाईनप्रति आपत्ति जनाएकी छिन्। आफू लक्षित जथाभावी हेडलाईन राखेर भिडियो अपलोड गर्ने युट्युब च्यानलहरुको स्क्रिनसट सार्वजनिक गर्दै एक स्टाटस समेत लेखेकी छिन् । ‘कलाकार भएपछि विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ, निताले फेसबुकमा लेखेकी छिन्, ‘विभिन्न चरित्र निभाउने क्रममा हामिले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ । तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जिवनमा