हलिउड/बलिउड

भारतीय कलाकार सतीश कौशिकको निधन

निर्देशक तथा कलाकार सतीश कौशिकको निधन भएको छ । उनको बिहिबार बिहान साढे १ बजे अस्पतालमा निधन भएको भारतीय  मिडियाले उल्लेख गरेका छन् । उनको निधन हृदयघातका कारण भएको हो । दिल्लीको एक पारिवारिक कार्यक्रममा सहभागी हुन पुगेका सतीशको राती स्वास्थ्य अवस्था बिग्रिएको थियो ।  अस्पताल पुर्याए लगतै उनलाई डाक्टरले मृत घोषित गरेका थिए । उनको शवलाई दिल्लीको दीनदयाल अस्पतालमा राखिएको छ । ६६ सालको उमेरमा बलिउडका चर्चित कलाकार सतीशको निधन

शाहरुख अभिनित पठानले गर्‍यो १०२६ करोड संकलन

बलिउडका सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ले अहिले बक्स अफिसमा एकभन्दा बढी रेकर्ड तोड्न व्यस्त छ । यस फिल्ममार्फत शाहरुखले करिब चार वर्षपछि पुनरागमन गरेका छन् । शाहरुखको पठानलाई फ्यानहरुले निकै मन पराएका छन् । शाहरुख अभिनित पठानले १०२६ करोड संकलन गरेको छ । गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी फिल्मको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ । यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको

'आरआरआर’को ‘नाटु नाटु’ ओस्कर अवार्डको मनोनयनमा पर्यो

काठमाडौं । भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ बोलको गीत ९५ औं संस्करणको ओस्कार अवार्डमा मानोनित भएको छ। ‘नाटु नाटु’ बोलको तेलुगु गीतमा एम एम कीराभानीको संगीत, चन्द्रबोसको शब्द र राहुल सिप्लीजंग र कला भैरभाको स्वर छ।

प्रचण्ड र बलिउड अभिनेता विवेक ओबरायबीच भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायबीच भेट भएको छ । प्रचण्डलाई भेट्न अभिनेता ओबराय तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका हुन् । प्रचण्डसँगको भेटमा ओबरायले ढाकाटोपी लगाएका थिए । प्रचण्ड सचिवालयका अनुसार भेटमा फिल्म र सांस्कृतिक विषयवस्तुमा कुराकानी भएको थियो । सुरेश ओबरायका फिल्म आफूले हेर्ने गरेको प्रचण्डले बताएका थिए । सुरेशले आफूले प्रचण्डलाई मुलुकमा परिवर्तन ल्याउने

ऋतिक र सबाले मनाए दिपावली

काठमाण्डौं । भारतीय अभिनेता ऋतिक रोशनको यो दिवाली निकै विशेष रह्यो । यस वर्ष अभिनेताले आफ्नी प्रेमिका सबा आजादसँग दिपावली मनाए। अक्टोबर २४ मा साबाले आफ्नो सामाजिक सञ्जालमा धेरै तस्बीर शेयर गरेकी छिन्, जसमा अभिनेत्री ऋतिकको घरमा दिवाली मनाउँदै गरेको देखिन्छ । तस्बीरमा यो जोडी सेतो रंगको जातीय पोशाकमा देखिएका छन् । दुवैको तस्बीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । साबाले ऋतिकसँगको निकै प्यारो सेल्फी पोस्ट गरेकी छिन्, जसमा

बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित

काठमाडौं । हलिउडकी चर्चित अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला बनेकी छन् । अभिनेत्री जोडी कोमर ९८.७ रेटिङका साथ विश्वकै सबैभन्दा सुन्दर महिला घोषित भएकी हुन् । यसका साथै बियोन्से, किम कार्दसियन र बलिउडकी सुन्दरी दीपिका पादुकोण पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो अभिनयका साथ-साथै सुन्दरताका लागि पनि परिचित छन् । हालै दीपिकाले कान्स फिल्म फेस्टिभलमा निर्णायक सदस्य बनेर निकै चर्चा कमाएकी छन्

बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित

काठमाडौं । हलिउडकी चर्चित अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला बनेकी छन् । अभिनेत्री जोडी कोमर ९८.७ रेटिङका साथ विश्वकै सबैभन्दा सुन्दर महिला घोषित भएकी हुन् । यसका साथै बियोन्से, किम कार्दसियन र बलिउडकी सुन्दरी दीपिका पादुकोण पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो अभिनयका साथ-साथै सुन्दरताका लागि पनि परिचित छन् । हालै दीपिकाले कान्स फिल्म फेस्टिभलमा निर्णायक सदस्य बनेर निकै चर्चा कमाएकी छन्

नोरा फतेहीलाई ढाकामा नृत्य गर्न रोक

मुम्बई । नोरा फतेही बलिउडकी लोकप्रिय डान्सरमध्ये एक हुन् । उनी टेलिभिजनमा एक डान्स रियालिटी शोमा निर्णायक पनि छन् । नोराले ठूला फेस्टिभल तथा इभेन्टमा नृत्य प्रस्तुति दिँदै आएकी छन् । यिनै नोरालाई बंगलादेशको सरकारले ढाकामा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी जनाउन रोक लगाएको छ । समाचार अनुसार बंगलादेश सरकारले डलर बचाउन यो निर्णय लिएको हो । बंगलादेशको सांस्कृतिक मामिलाको मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय फिल्म उद्योगमा आफ्नो

तीन वर्षपछी भाइको फिल्मबाट कमब्याक गर्दै सोनाक्षी

एजेन्सी। बलिउड अभिनेत्री सोनाक्षी सिंहाले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ कमब्याक गर्न लागेको जनाउ दिएकी छन् । यो फिल्ममार्फत सोनाक्षीका भाई कुश सिन्हा निर्देशनमा डेब्यू गर्दैछन् ।   ‘फिल्मको सुटिङ चाँडै सुरु हुँदैछ । कुश सिन्हा यो पिःल्मबाट आफ्नो निर्देशकीय डेब्यू गर्दैछन् । यो फिल्ममा परेश रावल र सोहेल नय्यरका साथ स्क्रिन शेयर गर्नेछु’, उनले सामाजिक सञ्जालमा लेखेकी

करिनाले १२ करोड मागेपछि चलचित्र ‘द इन्कारनेसन–सीता’ मा कंगना फाइनल

मुम्बई । केवी विजयेन्द्रप्रसाद लिखित र अलौकिक देसाईको निर्देशनमा बन्न लागेको चलचित्र ‘द इन्कारनेसन–सीता’ निर्माण अगावै चर्चामा आएको चलचित्र हो । यो चलचित्रमा सीताको भूमिकाका लागि अभिनेत्री करिना कपुरलाई अफर गरिएको थियो । यद्यपि उनले १२ करोड पारिश्रमिक माग गरेपछि निर्माताहरू अर्को अभिनेत्रीको खोजीमा लागेको खबर आएको थियो ।  अन्ततः निर्माता टिमले सीताको भूमिकामा अभिनेत्री फाइनल गरेको छ । नवभारत टाइम्सका अनुसार यो भूमिकाका लागि अभिनेत्री कंगना रनौत ‘कन्फर्म’ गरिएको छ