‘गैर आवासीय नेपाली तारा-२०२३ सिजन ४’ को ग्राण्ड फिनाले शुक्रबार हुँदै
दर्शन सुनार/कतार : गैर आवासीय नेपाली संघ कतार र तमु (समाज) कतारको संयुक्त आयोजनामा आयोजित “गैर आवासीय नेपाली तारा २०२३ सिजन ४” को ‘’ग्राण्ड फिनाले’’ शुक्रबार हुने भएको छ । अल रैयानमा अवस्थित लुक्तामा रहेको ट्युनिसियन स्कुलको सभा हलमा बिहान ११ बजेबाट सुरु हुने फिनालेको लागि नेपालबाट अतिथि निर्णायकको भूमिकामा चर्चित गायक राम कृष्ण ढकाल र चर्चित नायिका तथा नृत्यङ्गना पुर्णिमा श्रेष्ठ कतार आउने भएका छन्। फिनाले प्रवेश गरेका गायन