राजनीति

आगामी निर्वाचनमा ८ अर्व खर्च हुने आयोगको अनुमान

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि तयारी थालेको छ । आईतबार राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै आयोगले प्रनिधिसभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको दलका प्रतिनिधिहरुसँग जानकारी गराएको छ । कोभिड–१९ लाई समेत मध्यनजर गरेर निर्वाचन तयारी

मस्को विमानस्थलवाट पक्राउ परे पुटिनका आलोचक नभाल्नी

स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै हिरासतमा लिइएको छ। उनलाई पक्राउ गरेकोप्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छन्। क्रेमलीनका आलोचक ४४ वर्षीय नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए। उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो।   नभाल्नीले उनलाई विष दिने कार्यका पछाडि रुसी अधिकारीहरू रहेको बताएका छन्। खोजपत्रकारहरूले

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवास पुगेका हुन् ।   प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ । पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट गर्ने गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटमा भएको कुराकानीबारे भने खुलाइएको छैन । दृष्टिन्युज

देश विकाशका लागी युवाहरु हरेक किसिमका क्रान्तिमा होमिनु पर्छ : राज्यमन्त्री बिक

काठमाडौं । उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले जुन देशमा सचेत, बौद्धिक र सृजनसिल युवा वर्गहरुको सक्रियता हुन्छ त्यो देशले विकाशमा फड्को मार्ने बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला बिककाे प्रमूख आतिथ्यमामा शनिवार काठमाडौंमा सम्पन्न नेपाल युवा परिषद काे ९ औं साधारण सभा तथा पुस्तक विमोचन कार्यक्रममा वोल्दै मन्त्री बिकले उक्त कुरा बताउनुभएको हो । मन्त्री विकले “देश विकाशको लागि कैयन देशहरुमा युवाहरुले आर्थिक, राजनितिक, शैक्षिक र

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहविच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा दुई मन्त्रीबीच भेटवार्ता भएको हो ।   परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन उनी बिहीबार भारत गएका थिए । शुक्रबार भारतीय विदेशीमन्त्री एस जयसंकरसँग बैठक बसेको थियो । मन्त्री ज्ञवाली तीन दिने भ्रमण पुरा गरी आज स्वदेश फर्कदैछन् ।

कांग्रेसले आज सवै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

काठमाण्डौं । सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई यसअघिनै आह्वान गरिसकेका छन्। पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको थियो । पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ स्थानीय तह र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं

नेकपा प्रचण्ड-नेपाल समुहको स्थायी समिति बैठक सुरु, आन्दोलनका कार्यक्रमबारे छलफल

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक पेरिसडाँडामा जारी छ । बैठक बिहान साढे ११ बजेदेखि सुरु भएको स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए ।   बैठकमा संसद विघटनविरुद्व घोषणा भएका आन्दोलनका कार्यक्रमबारे छलफल चलिरहेको उनले जानकारी दिए । उनका अनुसार बैठकमा माधव नेपाल नेतृत्वको कार्यदलको बारेमा पनि छलफल चलिरहेको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी

नेकपा प्रचण्ड–माधव समूहले आन्दोलनलाई थप सशक्त बनाउने

काडमाडौं । प्रधानमन्त्री केपी शार्मा ओलीको असंवैधानिक कदम विरुद्ध सडक संघर्षमा रहेको नेकपा प्रचण्ड–माधव समूहले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संघीय राजधानी काठमाडौंमा जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । ठूलो संख्यामा कार्यकर्ता सहभागी गराउने तयारीका साथ आन्दोलनको प्रारुप तयारी गर्नेबारे छलफल जारी रहेको अध्यक्ष नेपालको भनाइ रहेको छ ।     बैठकले विगतका

तोकिएको समयमै निर्वाचन हुने प्रधानमन्त्री ओलीको दावी

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापना नहुने बताउँदै तोकिएको समयमै निर्वाचन हुने दावी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्दै अध्यक्ष ओलीले तोकिएकै समयमा निर्वाचन हुने भन्दै निर्वाचनमा केन्द्रित हुन निर्देशन समेत दिएका छन् । आधिकारि पार्टी र चुनाव चिह्न आफ्नै पक्षमा हुने दावी गर्दै ओलीले ढुक्क भएर निर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन

आफ्ना नेता छुटाउन विप्लवद्वारा ५ दिने आन्दोलनको घोषणा

काठमाडौं । आफ्ना नेता पक्राउको विरोधमा विप्लव समूहले नेपाल बन्द घोषणा गरेको छ । पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ सहितका नेता पक्राउविरुद्ध आन्दोलन घोषणा गरेको नेकपाले नेपाल बन्द समेत गर्ने विज्ञप्ती मार्फत जानकारी गराएको छ ।   समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विज्ञप्ती जारी गर्दै ५ दिने आन्दोलनको घोषणा गरिएको छ । समूहले आन्दोलनको अन्तिम दिन माघ १० गते नेपाल बन्द घोषणा गरेको हो । माघ