राजनीति

संसद विघटनसंगै प्रचण्ड र नेपाल निकट ७ मन्त्रीहरुले दिए सामुहिक राजिनामा

काठमाण्डौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।   राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।    

संसद विघटन संगै गृहमन्त्री थापा र लेखराज वाहेक सवै मन्त्रीहरुले राजीनामा दिने

काठमाडौं । सरकारले संसद बिघटन गरेपछि प्रचण्ड र माधव नेपाल पक्षका सबै मन्त्रीले सामूहिक राजिनामा दिने भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादल र लेखराज भट्ट बाहेक अन्य मन्त्रीले राजिनामा दिन लागेका छन् ।   पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुषाल पनि राजिनामा दिन तयार भएका छन् ।   उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारीमा

संसद् विघटनबारे कुन कलाकारले के भने ? माग्नेबुढा भन्छन् - संसद विघटन घुर्की मात्र हो कि ?

काठमाडौं । सरकारले संसद विघटन गरेपछि विभिन्न कलाकारहरुले सामाजिक सञ्जालमार्फत आआफ्नो धारणा राखेका छन् । आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसआनुसार संसद विघटन गरेकी हुन् । संसद् विघटनलाई लिएर चर्चित हास्यकलाकार मनोज गजुरेलले व्यङग्यत्मक रुपमा २० बर्षअघि चट्याङ मास्टरले लेखेको गीतको भिडियो फेरि सार्वजनिक गर्दै विकसित राजनीतिक घटनाक्रमकाे विराेध जनाएका छन् ।   उक्त

राष्ट्रपतिद्वारा संसद विघटन,  वैशाख १७ र २७ गते मध्यावधि चुनाव हुने

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज आइतबार दिउँसो संसद विघटन गरेकी हुन । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गर्दै २०७८ वैशाख १७ र २७ गते  प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने जानकारी दिएको छ।

प्रधानमन्त्रीद्वारा २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।   संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।   यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।    

सर्वोच्च बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता शाक्य विजयी

काठमाण्डौं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् ।उनी २९५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरे     वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गरेका थिए भने वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गरेका थिए

खुमलटारपछी ओली गृहमन्त्री क्वाटरमा

काठमाण्डाै । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न उनकै क्वार्टरमा पुगेका छन् ।   पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारबाट छलफल गरेर निस्केका ओली गृहमन्त्री बादललाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका हुन् ।   भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी भएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रचण्डलाई भेट्न ओली खुमलटार पुगे

काठमाडौं । केहीदिनयता आफ्नै घमन्डी कार्यशैलीले संकटमा परेका नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली केही लचिलो भएका छन् । केहिदिन अघीसम्म पार्टीको बैठकमा समेत अनुपस्थिति हुने उनी हाल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार धाउन तयार भएका छन् ।   शनिबार दिउँसो ओली खुमलटार गएका  छन । ओली र प्रचण्डबीच शुक्रबार साँझ पनि भेट भएको थियो । शनिबार बोलाउँदा प्रचण्ड नआउने बताएपछि ओली आफैं जान लागेको स्रोत बताउँछ । खुमलटार गएर

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‍सम्बन्धी नयाँ अध्यादेश जारी गरेकी छन्। राष्ट्रपतिको कार्यालयले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति  भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा  ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी हुन्। उनले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मंगलबार बिहान गणपुरक संख्या नपुगेपछि स्थगित भएको संवैधानिक परिषद्‍ बैठक आज बेलुका ५

प्रधानमन्त्री ओलीको ‘अग्नि परीक्षा’ भोलि

काठमाडौं । नेपाली राजनीतिमा जे बोलिन्छ, त्यो हुँदैन भन्ने आममानिसको बुझाइ छ । र यसलाई चिर्न राजनीतिज्ञहरु सफल भइसकेका छैन । राजनीतिक दलबीच हुने विवाददेखि आन्तरिक किचलोमा रमाउने नेताहरुको क्रियाकलापले नागरिकको विश्वास गुमाइरहेको छ । लामो समयदेखि आन्तरिक किचलोमा फसेको सत्तारुढ नेकपालाई केही घण्टादेखि आशावादी बनाएको छ । विशेषगरी आन्तरिक विवाद समाधान गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सचिवालय बैठक बोलाएका छन् । उनीमाथि बैठकबाट भागेको आरोप आफ्नै