विशेष समाचार

डीआईजी काज सरुवा : उपत्यका ट्राफिकमा पोखरेल, विशेष ब्यूरोमा जोशी

काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको काज सरुवा गरेको छ । मंगलवार नेपाल प्रहरीले डीआईजीद्वय पोषराज पोखरेल र रामदत्त जोशीको काज सरुवा गरेको हो। प्रहरीको केन्द्रीय प्रवक्तासमेत रहेका डीआईजी पोखरेललाई उपत्यका ट्राफिक कार्यालयमा र डीआईजी जोशीलाई विशेष ब्यूरोमा सरुवा सरुवा गरिएको छ

महाशिवरात्रि मेलाको घोटाला प्रकरणमा अख्तियारले थप अनुसन्धान गर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष सञ्चालन गर्ने महाशिवरात्रि मेलामा घोटाला भएको देखिएको बताएका छन् । मन्त्री किरातीका अनुसार महाशिवरात्रि मेलामा सम्झौता विपरीत काम भएको र छानबिन गर्दा घोटाला भएको देखिएकोले यसबारे थप अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नेछ । यसबारे थप अनुसन्धान गरी दोषी उपर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने मन्त्रालयले निर्णय गरेको हो ।

आजबाट दोल्ती पावरको आइपीओ बिक्री खुला

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत अर्थात् १६ करोड नौ लाख ४५ हजार ८०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १६ लाख नौ हजार ४५८ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि

भन्सार छलीका सामान बोकेका चार वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । तस्करीविरुद्ध सशस्त्र प्रहरी बलले आफ्नो सक्रियता बढाएको छ । भन्सार छलीका सामान बोकेका चार ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको छ । पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी करीब ४२ टन चिनीसहित दुई वटा ट्रक २६ चैतमा नियन्त्रणमा लिएको हो । सुराकीको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको

लघुबित्त पीडितहरुद्वारा  विभिन्न पाँच वटा माग राखेर  प्रशासन गेटमा धर्ना

रुकुम पश्चिम । रुकुम पश्चिममा लघुबित्तिय संस्थाहरुद्वारा पीडित भएको भन्दै दिनहुँ जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम हुँदै आएको छ ।न्याय सहित विभिन्न पाँच वटा माग राखेर संघर्ष समितिले चैत २१ गते देखि निरन्तर प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिदैं आएको छ । संघर्ष समितिले नवसामन्तीको रुपमा स्थापित लघुत्तिय संस्थाहरु खारेज गरिनुपर्ने, लघुबित्तिय सस्थाहरुद्वारा लगाईएको सामुहिक ऋण मिनाह गरिनुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गरिनुपने, आवश्यकता र क्षमतामा आधारित

सरकार र मिटरब्याजपीडित बीच वार्ता जारी

काठमाडौं । सिंहदरवारस्थित मिटरब्याजपीडित र सरकारबीच वार्ता भइरहेको छ । सिंहदरवारस्थित गृहमन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो । विभिन्न जिल्लका मिटरब्याजपीडित काठमाडौं आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि सरकारले मिटरब्याजपीडितको एउटा समूहसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेको थियो । त्यसलगत्तै चैत २० गतेदेखि अर्को मिटरब्याजपीडितको समूह काठमाडौंमा आन्दोलनरत छन् । उक्त मिटरब्याजपीडितहरुले यसअघिको सम्झौता अस्वीकार गर्दै आएको थियो । उनीहरुले उक्त सम्झौतामा थप

सुन तोलामा ७ सय रुपैँयाले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन–चाँदीको भाउ घटेको छ । आइतबार स्थिर रहेको पहेँलो धातु सुनको भाउ सोमबार ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा काारोबार भइरहेका छ । त्यस्तै तेजावी सुनको भाउ सोमबारका लागि तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।  यसअघि, आइतबार छापावाल सुन प्रतितोला १ लाख

आमाकै थरबाट बच्चाको जन्मदर्ता बन्ने

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्ने गरी नयाँ परिपत्र जारी गरेको छ । यसअघि चैत २२ गते मावलीको थरबाट जन्मदर्ता गर्नेगरी वडा तथा पञ्जिकाधिकारीलाई परिपत्र गरेकामा त्यसको आलोचना भएपछि विभागले लैङ्गिक भूमिकालाई उच्च सम्मान गर्दै नेपालको संविधानको धारा ३९ अनुसार संरक्षण गर्न प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हकका लागि उल्लिखित परिपत्रका सम्बन्धमा थप स्पष्ट गरिएको जनाएको

कर्णाली सरकारबाट बाहिरियो एमाले

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन् । गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसपछि मुख्यमन्त्री शर्माले

विद्यालयले पोसाक र किताब बेचेको पाइए कारबाही हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विद्यालयले किताब र पोसाक बेचेको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् । विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक–पटक आएको भन्दै मेयर साहले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्न भनेका हुन् । ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक–पटक आइरहेको छ,’ मेयर शाहले भनेका