विशेष समाचार

नेपालको यूएईविरुद्ध सानदार जित

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा नेपालले यूएईविरुद्ध सानदार जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले पराजित गरेको हो । यूएईविरुद्ध फराकिलो रनको जित निकालेसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यतालाई जोगाएको छ । लिग टुमा चौथो स्थानमा उक्लिएसँगै नेपालले ओडीआई मान्यतालाई कायमै राख्न सफल भएको हो । यूएईविरुद्धको जितसँगै ३४ खेलबाट ३६ अंक बनाएको नेपाल लिग टुको चौथो स्थानमा उक्लियो । योसँगै नेपालको एकदिवसीय

राष्ट्रपति पौडेलको शपथ सोमबार

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शपथ लिने भएका छन । सोमबार दिउँसो १ बजेका लागि शपथ तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिले प्रधानन्यायाधीशबाट शपथ लिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ खुवाउनेछन् । पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका हुन् । राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ। उनी निजी निवास बूढानिलकण्ठ सर्ने तयारीमा छिन्।

खोलामा अवैध उत्खनन् हुँदा दाङका किसान चिन्तित

दाङ । खोलामा अवैध उत्खनन् कारण कुलोमा पानी जाने अवस्था नरहेकोले दाङ शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका छन् । स्थानीय बहुला खोलामा अवैध उत्खनन गरी गहिरा खाडल पारिएको छ ।‘खोलाको दुईतिर खेत छ, ठूला–ठूला खाडल पारिएको छ,’ किसान दलबहादुर विष्टले गुनासो गरे । उनले भने, ‘तर यो विषयमा खेतालालाई कहिल्यै सोधिँदैन, पानी माथि उत्रिनै कुरै भएन ।’ गतवर्ष पनि पानी खेतसम्म नपुग्दा रोपाइँ नै गर्न पाएनन् ।

सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा आज सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको जानकारी दिएको छ । नेपाल सुनचाँदी महासंघले आजको मूल्यसूची तोक्दै १७ सय रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो । नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८००

घरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

विराटनगर । उदयपुरको रौतामाई गाउँपालिका वडा नं ८ पाखाटोलस्थित घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । शनिबार बेलुका सवा ५ बजे स्थानीय रामबहादुर मगरको ढुङ्गा माटाले बनेको दुईतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उनका छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजनको जलेर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ऋषिराम कँडेलले जानकारी दिए । घरमा आगलागी भएको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय

'छक्का पन्जा ४'को 'दर्शन सलाम' गीत : छोटो समयमै करोड पटक हेरियो

काठमाडौं : हाल प्रदर्शनरत सिनेमा ‘छक्का पन्जा ४’को गीत करोड क्लबमा प्रवेश गरेको छ। रिलिज भएको १ महिनाको अवधिमा ‘दर्शन सलाम’ बोलको गीतलाई युट्युबमा करोड बढी हेरिएको हो। गीतमा डेविड शंकर र सहिमा श्रेष्ठको आवाज रहेको छ। राजेन्द्र थापाले लेखेको यो गीतमा दिपक शर्माको संगीत छ। गीतले रिलिज भएदेखि हालसम्म दर्शक स्रोताको निकै माया पाएको छ। यो गीतको भिडियोमा नायिका स्वातिमा खड्का, राज श्रेष्ठ, दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे

आऊ, आज बिदा मनाऊँ

कविता चर्का कुरा गरेरपरिवर्तनका गफ लाउँदैमा बित्ने दैनिकी अरूको आलोचनाबुका आश्वासनखोक्रा उपदेश दिँदैमाबित्ने मास बेकामे भईसिद्धान्तका ठेलीकोफिरिस्त लगाउँदैमाबित्ने वर्षहरूमा  परिवर्तनका खातिरअनाहकमा गुमाएकाहजारौँ जीवनकोहिसाबकिताब गर्न कहाँ भ्यायौ र !त्यसैले आऊ, आज बिदा मनाऊँ  शासनका अकर्मण्यतागुमनाम भविष्यव्यर्थमा लुटिएका लाखौँ खुसीको लेखाजोखा गर्नकै लागि फुर्सदिलो कहिले भयौ र !त्यही भएरआज ती जीवन कुर्बानीकोमतलब खोजौँती जीवन गुमाउन लगाउँदाकाप्रतिबद्धता खोजौँलुटिएका सिन्दूरको मर्म बुझौँखोसिएको सहाराको दुःख सम्झिऊँगुमेको विगतको दारुण चित्र हेरौँत्यसकै लागि भए पनिआऊ, आज बिदा मनाऊँ ।बाह्रखरी

पृथिवीको इन्द्र

लघुकथा आफूले भनेको खुरुखुरु मान्ने अहल्यालाई छेउमै भेटेपछि इन्द्रले भने , हेरन अहल्या परीक्षा आउन लाग्यो फेरि कक्षा१२ को बोर्ड परीक्षा तयारी पनि पुगेको छैन । यही बेला गौतमले नोट कापी लगेर मेरो त हरिबिजोग पो पार्यो । लौ न केही उपाय लगाएर कापी फिर्ता गरिदेऊ न । इन्द्रको कुरालाई नाइनास्ती नगरी सिधै एकान्तकुनामा रहेको गौतमको घरमा पुगे लगत्तै अहल्याले भन्न थाली , गौतम तयारी त निकै दरो जस्तो छ

आठ दलीय गठबन्धनले आज  उपराष्ट्रपतिबारे निर्णय गर्ने

काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न आठ दलीय  गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज(शनिवार) बिहान साढे ८ बजे बस्नेछ ।   सिंहदरबारमा बस्ने बैठकमा शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले जानकारी दिए । निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बन्न नपाउने निर्णय गरेपछि गठबन्धन अलमलमा छ । उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उमेदवार मनोनयनको कार्यतालिका छ । 

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्दै अदालतले १५ दिनभित्र आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन प्रचण्डको नाममा आदेश जारी गरेको छ । प्रचण्डविरुद्धको रिटमाथि शुक्रबार रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम