विशेष समाचार

नहरमा डुबेर कोहलपुरका दुई बालकको मृत्यु

बाँके । बाँकेको कोहलपुरमा नहरमा डुबेर आज दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ चप्परगौडीका १५ वर्षीय मनसुन बराल र नौ वर्षीय अनिल भट्टराई रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । बराल स्थानीय दीपज्योति बोर्डिङ स्कुल तथा भट्टराई ज्ञानज्योति स्कुलमा अध्ययनरत थिए । सिमरी नदीको बन्दा नहरमा नुहाउन गएका पाँचमध्ये दुई जना डुबेको सूचना मृतकका आफन्तले प्रहरीलाई दिएका थिए । घटनाको

राप्रपा र रास्वपालगायत ५ दलले राष्ट्रपतिमा कित्ता क्लियर गर्न नपाउने

राष्ट्रपति निर्वाचनकाे आचारसंहिता सोमबार रातिदेखि लागू भएपछि पाँच दलले उम्मेदवारबारे कित्ता क्लियर गर्न नपाउने भएका छन् । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ कसलाई भोट हाल्ने भनेर उनीहरुले औपचारिक निर्णय गर्न नपाउने भएका हुन् । राष्ट्रपतिका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई १० दलको समर्थन छ । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेसपा र आम जनता पार्टी गरी १० दल संस्थागत रूपमा पौडेलको पक्षमा

'छक्का पन्जा ४' को गीत 'सिरुपाते जुँगामा' रिलिज

काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘छक्का पन्जा ४’को नयाँ गीत रिलिज गरिएको छ। निर्माण टिमले मंगलबार ‘सिरुपाते जुँगामा’ बोलको गीत रिलिज गरेको हो। गीतमा बाबुल गिरीको स्वर रहेको छ। गीतको शब्द शंकर थापा ‘स्माइल’ले लेखेका हुन् । संगीत र अरेन्जमेन्ट चाहिँ बाबुल गिरीकै रहेको छ। गीतले रिलिज अगाडि नै दर्शक स्रोताको अत्याधिक मन जितिसकेको छ। गीतमा हजारौं टिकटक समेत बनिसकेका छन् । सिनेमाको ट्रेलरमा यो गीत थोरै समेटिएको

भोलिसम्म सबै सांसद काठमाडौं आइपुग्नुपर्ने आठ दलको निर्देशन

काठमाडौं । सत्तारुढ आठ दलको बैठकले भोलि (बुधबार) बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ । मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको हो । गठबन्धन कार्यदलका संयोजक एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरुलाई बुधबारसम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको र निर्वाचनसँग जोडिएका प्राविधिक पाटोलाई व्यवस्थित गर्नेबारे छलफल भएको बताए

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफुले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति बमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा ज्ञानेन्द्रराज आरण समेतले रिट दायर गरेका हुन् । यस अघि उनीहरूको रिट अदालत प्रशासनबाट दर्पीठ भएको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त

रङको पर्व होली तराईमा आज धुमधामसँग मनाइँदै

काठमाण्डौं । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा मनाइने होली पर्व आज तराईका जिल्लामाहरूमा धुमधामसंग मनाइँदै छ । पहाडमा सोमबार नै होली मनाइएको थियो भने आज (मंगलवार) तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । ​वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न

पल्सर स्पोर्ट्स अवार्ड आज

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा आज (मंगलबार) पल्सर स्पोर्ट्स अवार्ड २०७८ हुँदैछ । हरेक वर्ष हुँदैआएको यस वर्षको अवार्ड कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दिउँसो २ः१५ बजेपछि शुरु हुनेछ । मञ्चका कार्यवहाक अध्यक्ष निरञ्जन अधिकारीले अवार्डका लागि सम्पूर्ण तयारी भएको जानकारी दिए । मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आइरहेको छ । १९औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई यस वर्ष सम्मान गर्दैछ । मञ्चले पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा कार्यक्रमकै

रेखा र श्वेताको होली

काठमाडौं : रंगहरुको पर्व मानिने फागु पुर्णिमा अर्थात् होली आज काठमाडौं लगायत पहाडी क्षेत्रमा उल्लासका साथ मनाउने क्रम जारी छ। एक आपसमा रंग लगाइदिएर मनाइएका होलीका तस्वीरहरु सामाजिक संजालमा देख्न सकिन्छ।नेपाली सिने क्षेत्रका सिनेकर्मीहरुले पनि होली मनाएका छन् । यसैबीच, होली मनाएपछि नायिका रेखा थापा र श्वेता खड्काले फेसवुकमा केही तस्वीरहरु सार्वजनिक गरेका छन् । सार्वजनिक तस्वीरमा रेखा र श्वेताले एक आपसमा होली मनाएका छन् । जुन तस्वीरहरु यस्ता छन्

देशभर होलीको रौनक (फोटो फिचर)

काठमाण्डौं । आज फागुन पुर्णिमा अर्थात रंगहरुको पर्व होली पर्व । काठमाडौंसहित पहाडी जिल्लामा होली पर्व मनाइँदैछ । होली पर्व असत्यमाथी सत्यको विजय भएको दिनको रुपमा रंग, अविर लगाएर खुसी साट्ने पर्वको रुपमा मनाउदै आइएको छ । आज परिवार आफन्त र साथीभाइबीच एक अर्कालाई रंग लगाएर खुसी साटासाट गर्ने गरिन्छ । आज देशभरी नै होलीको रौनक देखिएको छ । नेपाली र हिन्दुहरु मात्र नभइ विदेशी पाहुना समेत होलीमा रमेको दृष्यले उल्लास

राष्ट्रपति निर्वाचनः आज राती १२ बजे देखी मौन अबधि सुरु

काठमाडौं।  राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अधवि सुरु हुने भएको छ। आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि मौन अबधि सुरु भएको हो ।  निर्वाचन आयोगका अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि नागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था अनुसार मौन अवधि लागू हुनेछ । ‘उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत