विशेष समाचार

आज रङको पर्व होली धुमधामसँग मनाइँदै

काठमाडौं । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा मनाइने होली पर्व आज पहाडी क्षेत्रमा र भोलि तराई क्षेत्रमा धुमधामसँग खेलिन्छ । होली रङको पर्व हो। तर रङको प्रयोग गर्दा होसियारीचाहिँ अपनाउनु पर्छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । ​वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ। यो पर्वलाई

पति शरदविरुद्ध निशा अधिकारीले अंशवण्डाको मुद्दा हालिन्

अभिनेत्री निशा अधिकारले श्रीमान् शरद भेषावकरविरुद्ध अंशबन्डा मुद्धा हालेकी छन् ।निशाले भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध दायर गरेको अंश चलनको मुद्दामा न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सम्पत्तिको फाँटबारी (सम्पत्तिको सम्पूर्ण विवरण) माग गर्न आदेश दिएको छ ।निशाले नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै पति शरदविरुद्ध मुद्दा मुद्दा दर्ता गरेकी हुन् । अंशवण्डा मुद्दा दायर गरेकी निशाले सम्बन्धविच्छेदको मुद्दा भने दायर गरेकी छैनन् । सम्बन्धविक्षेद नगरिकन पनि श्रीमतीले अंश माग

ग्लोबल आईएमई बैंकको डिजिटल होली योजना सार्वजनिक

काठमाण्डौं । ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन र क्यूआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यो योजना अन्तरगत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ । यस योजनाअन्तर्गत फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले “जीआईबीएल– आफ्नो मनपर्ने रङको नाम” लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (रु १५० सम्म) क्यासब्याक पाउनेछन् । बैंकले

मोलुङ हाइड्रोको आईपीओ बाँडफाट, ७ हजार ५ जनाको आवेदन रद्द

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ आइतवार बाँडफाँट भएको छ । आईपीओका लागि कुल १४ लाख २४ हजार ३५१ जना आवेदकले आवेदन दिएकामा ७ हजार ५ जनाको आवेदन रद्द भएको छ । यस कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । सर्वसाधारण आवेदकहरुले गोलाप्रथामार्फत सेयर हात पारेका छन् । यसमा कुल २ लाख २६ हजार ४६५ जनाको आवेदन परेको छ । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकी २ लाख

बालुवाटारमा आठ दलीय गठबन्धनको बैठक सुरु

काठमाडौं । आठदलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । जारी बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेसलगायतका दलसँग गठबन्धन गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद पुर्नगठन गर्ने प्रधानमन्त्री प्रचण्डले बताइसकेका छन् ।  

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुई तिहाइ  विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाइ बहुमतका साथ विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेशसभा सदस्यहरुको मत पाएका हुन् । मुख्यमन्त्री शाहले आफ्नो दल नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य गरी ४१ जनाले विश्वासको मत दिएका छन् ।५३ सदस्यीय रहेको प्रदेशसभामा नेकपा एमालेका १०

शाहरुख अभिनित पठानले गर्‍यो १०२६ करोड संकलन

बलिउडका सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ले अहिले बक्स अफिसमा एकभन्दा बढी रेकर्ड तोड्न व्यस्त छ । यस फिल्ममार्फत शाहरुखले करिब चार वर्षपछि पुनरागमन गरेका छन् । शाहरुखको पठानलाई फ्यानहरुले निकै मन पराएका छन् । शाहरुख अभिनित पठानले १०२६ करोड संकलन गरेको छ । गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी फिल्मको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ । यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको

मदनचोक मेडिकलद्वारा ४५ जनाको नि:शुल्क सुगर परिक्षण

नेपालगन्ज : बाँकेको कोहलपुर मदनचोक स्थित मेडिकलले शनिबार ‘डाक्टर डे’को अवसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। मदनचोक वरपरका स्थानीयलाई सेवा दिने उद्देश्यले १ दिन स्वास्थ्य शिविर आयोजना गरिएको मदनचोक मेडिकलका संचालक शिशिर सापकोटाले बताए। शिविरमा नि:शुल्क छाला रोग र सुगर चेकजाँच गरिएको थियो। भेरि अस्पताल नेपालगन्जमा कार्यरत बरिस्ठ छाला राेग विशेषज्ञ चिकित्सक डाक्टर अनिशा उप्रेतीद्वारा ८५ जना बिरामीहरुको चेकजाँच गरिएको थियो। चेकजाँच पश्चात् नि:शुक्ल औषधि समेत वितरण गरिएको थियो।

स्ववियु निर्वाचनको मतदाता नामावली सार्वजनिक हुदैँ

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपरान्ह मतदाता नामावली प्रकाशन गरिँदैछ । आज प्रकाशित हुने मतदाताको सूचीमा फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ। यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ । फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ । फागुन २८ गते

काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गयो

काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर आज(आइतबार) बिहानै भूकम्प गएको छ । आज (आइतबार) बिहान ८ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्पको धक्का काभ्रेसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।