निगमले इन्धनको मूल्य यथावत राख्ने
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य यथावत् राख्ने भएको छ । बुधबार भारतीय आयल कर्पोरेसन (आईओसी)ले एलपी ग्यासबाहेक इन्धनको मूल्य घटाएर पठाएपनि निगमले हालकै मूल्य यथावत राख्ने जनाएको हो । निगमले बुधबार साँझ विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आएपनि ग्यासको मूल्य अत्याधिक बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने जनाएको छ । बुधबारमात्रै निगमलाई आईओसीले पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा, डिजेल