विशेष समाचार

फागुन २३ मा प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै सरकारले फागुन २३ मा प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे हाे । । सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने बाध्यता भएकाले २२ वा २३ मै बैठक बस्ने सम्भावना रहेको ति मन्त्रीले बताए । त्यस्तै संसद बैठक आव्हान भइसकेपछि विपक्षीहरूको भुमिका हेरेर थप रणनीति बनाउने

प्रहरीका ११ जना एसपीको सरुवा, पाँच जिल्लाका प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले पाँच जिल्लाका इन्चार्ज परिवर्तन गरेको छ । जिल्ला प्रहरी कार्यालयमा गोरखामा प्रहरी उपरिक्षक शेखर खनाल, महोत्तरीमा दिनेशकुमार आचार्य र गुल्मीमा गोपालचन्द्र भट्टराईलाई पठाइएको छ । बाग्लुङको इन्चार्जमा कृष्णबहादुर पल्ली मगरलाई सरुवा गरिएको छ । बर्दियाको प्रहरी प्रमुखमा ईश्वर कार्कीको सरुवा भएको छ ।

नेपाल प्रहरीका १८ डिएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका १८ डिएसपीको सरुवा भएको छ । सरुवामा दुई जिल्लाका इन्चार्ज फेरिएका छन् ।सरुवा अनुसार जुम्लामा दानबहादुर थापा तथा हुम्लामा हेरम्ब शर्मालाई पठाइएको छ ।  

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओ हेरफेर

  काठमाडौं । गृह मन्त्रालयले चलखेलका आधारमा ५२ जना सहसचिव तथा उपसचिवको सरुवा भएको छ । सरुवामा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेेर भएको । एक वर्षको अवधि नै नपुगी गृहले चलखेलका आधारमा सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव महेश्वर न्यौपाने हट्न लागेकाले यसरी हतार- हतार सरुवा भएको हो । सरुवा अनुसार मन्त्रालयको कर्मचारी प्रशासनमा रहेका थानेश्वर गौतमलाई कास्कीमा तथा सहायक प्रवक्ता रहेका प्रेमलाल लामिछानेलाई चितवनमा

प्रधानमन्त्री ओलीद्वारा संसदीय दलको प्रमुख सचेतकमा भट्टराईलाई नियुक्त

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नकेपाको संसदीय दलको प्रमुख सचेतकमा बिशाल भट्टराईलाई नियुक्त गरेका छन् । यसअघि प्रमुख सचेतक रहेका देव गुरुङलाई हटाएर उनले शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् । यो कदमले ओली अझै प्रचण्ड–माधव नेपाल पक्षलाई पेलेर जाने रणनीतिमा रहेको देखिएको छ । संसदीय दलमा आफु अनुकुल माहोल बनाउन उनले गुरुङलाई हटाएका छन् । संसदीय दलमा ओली अल्पमतमा भएपनि केही सांसदहरुलाई किन्ने उनको तयारी छ ।

वामदेव प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे

काठमाडौं, १४ फागुन । नेता वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार बोलाएका छन् । उनले केही दिनअघि ओलीको राजीनामा मागेका थिए । स्रोतका अनुसार ओलीकै निमन्त्रणमा उनी बालुवाटार पुगेका हुन् । अबको आफ्नो रणनीतिमा उनले वामदेवको साथ खोजेका छन् । वामदेवसँग केही सांसद भएकाले ओलीले उनलाई हात लिन खोजेका छन् । नेकपा विभागमा वामदेव कतै लागेका छैनन् ।

कांग्रेस नेता जोशीको भेन्टिलेटरमा राखेर नर्भिक अस्पतालमा उपचार हुदै

काठमाडाैं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। मस्तिष्कघात भई थापाथलीस्थित् नर्भिक अस्पतालमा भर्ना भएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ। जोशीको स्वास्थ्य अवस्थामा सुधार हुन नसकेको बताइएको छ। पूर्वउद्योगमन्त्री समेत रहेका जोशीलाई बिहीबार राति मस्तिष्कघात भएपछि सुरुमा वीर अस्पताल लगिएको थियो। शरीरको देब्रेपट्टी समस्या देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। वीरबाट थप उपचारका लागि उनलाई शुक्रबार विहान नर्भिक सारिएको थियो। जोशीको स्वास्थ्य

काठमाडौँमा पुनः बर्डफ्लु भेटियो

काठमाडौँ । काठमाडौँमा पुनः बर्डफ्लु देखा परेको छ । पशु सेवा विभागले शुक्रबार एक सूचना जारी गर्दै काठमाण्डुस्थित तारकेश्वर नागरपालिकामा साढे १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिएको छ । विभागले ५६५७ लेयर्स कुखुरा, ७२३६ ब्रोइलर कुखुरा, २५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३५७० अण्डा र ३००० केजी दाना नष्ट गरेको जनाएको छ । विभागले बर्डफ्लु नियन्त्रणका लागि ४ बुँदे अपिल जारी गर्दै फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन

सशस्त्र प्रहरीका कमाण्डरहरु धमाधम कारबाहीमा

काठमाडौं । सशस्त्र प्रहरी बल भित्र कमाण्डरहरुले मनपरि कार्यशैली अपनान थालेका खबरहरु बाहिरीका बेला केही ठाउँमा भने धमाधम कार्वाही सुरु गरिएको छ । सशस्त्र प्रहरी बलको दुई नम्बर प्रदेश छिन्नमस्ता बाहिनीले बदमासी गर्ने र संगठनको नीतिविपरीत काम गर्ने आधा दर्जन भन्दा बढी सिनियर अधिकृत लगाएत थुप्रै जुनियर अधिकृत र बिल्लादार जवान समेत कारबाहीमा गरेको खबर सार्वजनिक भएको छ । यस्तै सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहालले नैसियत पाएका छन ।

भागरथी हत्या प्रकरणको सफल अनुसन्धान गर्ने ५ प्रहरी नगद पुरष्कृत दुईको एक तह बढुवा

काठमाडौं । बैतडीकी किशोरी भागिरथी भट्टको बलात्कारपछि हत्या घटनाको सफल अनुसन्धान गर्ने प्रहरी पुरस्कृत भएका छन् । आफूलाई तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाउनमा उल्लेखनीय कार्य गर्ने २ जना प्रहरी कर्मचारीहरु एक तह पदोन्नति भएको र अन्य ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् । उत्कृष्ट कार्य गर्ने सुदूरपश्चि म प्रदेश प्रहरी कार्यालय दिपायल दरबन्दीका प्रहरी सहायक निरीक्षक पदम